१२५ सीसी सम्मको मोटरसाइकलको कर ३ हजार, ६५० सीसी भन्दा माथिको ३० हजार (यस्तो छ करको दर)

काठमाडौं – पेट्रोलियम पदार्थबाट चल्ने कुनै पनि मोटरसाइकल वा स्कुटर नेपाल भित्र्याएका कर तिर्नुपर्छ । यस्तो करको दर विभिन्न प्रदेशहरुले आफ्नै तरिकाले तोक्ने गरेका छन् ।

बागमती प्रदेशमा १२५ सीसी सम्मको मोटरसाइकल वा स्कुटरको कर ३ हजार रुपैयाँ तिर्नुपर्छ । त्यसैगरी १२६ देखि १६० सीसी सम्मका लागि ५ हजार, १६१ सीसी देखि २५० सीसी सम्मका लागि ६ हजार ५ सय र २५१ सीसी देखि ४०० सीसी सम्मका लागि ११ हजार कर तिर्नुपर्छ ।

त्यसैगरी ४०१ देखि ६५० सीसी सम्मका लागि २० हजार र ६५१ सीसी भन्दा माथिका सबै दुई पांग्रे सवारी साधनका लागि ३० हजार कर तिर्नु पर्ने व्यवस्था छ ।

बागमती वाहेक अन्य प्रदेशहरुले पनि आफ्नै तरिकाले विभिन्न दरहरु तोकेका छन् ।

त्यसैगरी दुई पांग्रे विद्युतीय स्कुटर वा मोटरसाइकलमा पनि निश्चित कर तिर्नुपर्छ । यस अनुसार ३५० वाट देखि १००० वाट सम्मका सवारी साधनमा २ हजार, १ हजार ५ सय वाट सम्ममा २ हजार ५ सय र यो भन्दा माथिल्लो क्षमताका सवारी साधनको कर ३ हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

३ हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

३ हजार ११६ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं – काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार...

मापसे र स्टेयरिङ : कहिल्यै नमिल्ने जोडी

मापसे र स्टेयरिङ : कहिल्यै नमिल्ने जोडी

सडक सुरक्षाको क्षेत्रमा एउटा सर्वमान्य सत्य छ – “मदिरा र सवारी साधनको...

गतिमा नियन्त्रण, जीवनमा सन्तुलन: सडक सुरक्षा र जीवन रक्षाका उपायहरू

गतिमा नियन्त्रण, जीवनमा सन्तुलन: सडक सुरक्षा र जीवन रक्षाका उपायहरू

आजको व्यस्त जीवनशैलीमा समयको मूल्य सबैले बुझ्छन् । तर विडम्बना के छ भने,...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...