ब्याज नलाग्ने स्किममा बेनेली बाइक, १ लाखसम्म नगद छुट पनि
बेनेली बाइकको नेपालका लागि अधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ्गले...
बेनेलीले एड्भेन्चर राइड ‘नक्साल टु सकुटे’ सम्पन्न गरेको छ । राइड काठमाडौंको नक्सालस्थित शोरुबाट शुरु भएको थियो । शुक्रबार दिउँसो नक्सालबाट हिडेका राइडरले उक्त रात सुकुटेस्थित स्यान्डी बिच रिसोर्टमा बिताएका थिए । उनीहरु शनिबार काठमाडौं फर्किएका हुन् । सो राइडलाई बेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक बितरक केटिएम इन्टरनेश्नल ट्रेडिङले अयोजना गरेको हो ।
राइडमा टिआरके २५०, टिएनटी ३०२ र टिएनटी ६०० मोडलका बाइकमा सवार ४० भन्दा बढी राइडरले सहभागिता जनाएका थिए । आफूहरुले बेनेली मोटरसाइकलमा एड्भेन्चर राइडको फिल गर्न पाएको सहभागी राइडरले बताएका छन् । यस प्रकारको राइड आयोजना गर्दा राइडर र कम्पनीबचि भाइचाराको सम्बन्ध स्थापित हुने कम्पनीको भनाई छ । यस प्रकारको राइडलाई आगामी दिनमा समेत निरन्तरता दिँदै थप नयाँ गन्तब्यमा अयोजना गरिने कम्पनी स्रोतले बताएको छ ।
इटालियन ब्रान्ड बेनेलीको नेपालमा प्रिमियम, प्रिमियम प्लस र टुरर सेग्मेन्टका बाइक उपलब्ध रहँदै आएका छन् भने केही समयअघि भित्रिएको नयाँ स्कुटर प्यानेरा १२५ लोकप्रिय बनिरहेको छ । अत्याधुनिक फिचर्स, स्टाइलिस डिजाइन र बलियो तथा पावरफुल इन्जिनका कारण बेनेली बाइक बिश्वभर लोकप्रिय मानिन्छ ।
बेनेली बाइकको नेपालका लागि अधिकारिक वितरक केटिएम इन्टरनेशनल ट्रेडिङ्गले...
ताइवानी अटो उत्पादक किम्कोले हालसालै नयाँ इलेक्ट्रिक स्कुटर लाइक १२५...
नेपाली बजारमा हालसालै भित्रिएको टु ह्विलर ब्रान्ड जोङसेनले पूर्बका...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...