यस्ता छन् हालै लन्च भएको स्कोडा स्लाभियाका ५ विशेषता

स्कोडाले आफ्नो बहुप्रतीक्षित सेडान स्कोडा स्लाभिया भारतमा लन्च गरेको छ । नयाँ मिड साइज सेडान भारतमा १० लाख ६९ हजार भारुमा लन्च गरिएको छ, जबकि टप भेरिएन्टको मूल्य १५ लाख ३९ हजार भारु राखिएको छ । स्कोडा स्लाभिया एमक्युबी–एओ–इन प्लेटफर्ममा निर्माण हुने कम्पनीको दोस्रो मोडल हो ।

स्कोडाले स्लाभियालाई एक्टिभ, एम्बिसन र स्टाइल गरी ३ भेरिएन्टमा पेश गरेको छ । स्लाभियामा १.० लिटर र १.५ लिटर टीएसआई पेट्रोल इन्जिनको विकल्प दिइएको छ । १.० लिटर इन्जिन सबै भेरिएन्टमा उपलब्ध गराइन्छ जबकि १.५ इन्जिन टप भेरिएन्टमा मात्र उपलब्ध छ ।

१.० लिटर इन्जिन म्यानुअल र अटोमेटिक गियरबक्स विकल्पमा उपलब्ध छ, जबकि १.५ लिटर इन्जिन म्यानुअल र डीएसजी गियरबक्स विकल्पमा उपलब्ध छ । स्लाभियाको १.० लिटर इन्जिनले ११३ बीएचपी पावर र १७५ एनएम टर्क उत्पादन गर्छ भने १.५ लिटर इन्जिनले १४५ बीएचपी पावर र २५० एनएम टर्क उत्पादन गर्छ ।

स्कोडा स्लाभिया ६ रङमा उपलब्ध छ । स्कोडा स्लाभियामा भेरिएन्ट अनुसार एलईडी हेडलाइट, एलईडी डीआरएल, क्रोम सराउन्ड हेक्सागोनल फ्रन्ट ग्रिल, १६ इन्च अलोय ह्विल, डोर ह्यान्डलमा क्रोम एक्सेन्ट र एन्टी पिन्च टेक्नोलोजी जस्ता फिचर छ ।

स्कोडा स्लाभियामा १० इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो, एप्पल कारप्ले र स्कोडा कनेक्ट एप समावेश छ । साथै वायरलेस फोन चार्जर, भेन्टिलेटेड फ्रन्ट सिट, डिजिटल ८ इन्चको ड्राइभर डिस्प्ले, टाइप–सी चार्जिङ पोर्ट, कुल्ड ग्लोभ बक्स, मल्टिपल स्पिकर र ट्वीटरलगायतका अन्य फिचरहरू समावेश छन् ।

स्कोडा स्लाभियाको लम्बाई ४५४१ मिमी, चौडाइ १७५२ मिमी र ह्विलबेस २६५१ मिमी छ । यो होन्डा सिटी पछिको दोस्रो ठूलो सेडान कार हो । यसमा ५२१ लिटरको बुट स्पेस पनि छ ।

भारतमा यसले हुन्डाई भर्ना, मारुती सुजुकी सियाज र होन्डा सिटी जस्ता मध्यम आकारका सेडानसँग प्रतिस्पर्धा गर्नेछ । स्कोडाले हरेक महिना स्लाभियाका ३ हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको बताएको छ ।

सम्बन्धित समाचारहरू

जिपको नयाँ कम्पासमा बढ्यो आकर्षण, स्पोर्ट र एस– मोडल खरिद गर्न डेढ महिनासम्म कुर्नुपर्ने

जिपको नयाँ कम्पासमा बढ्यो आकर्षण, स्पोर्ट र एस– मोडल खरिद गर्न डेढ महिनासम्म कुर्नुपर्ने

अमेरिकन आइकनिक ब्रान्ड जिपको नयाँ कम्पासले अहिले नेपाली एसयूभी पारखीलाई...

स्कोडाले एमक्युबी एओ प्लेटफर्ममा आधारित अर्को कम्प्याक्ट एसयूभी ल्याउने

स्कोडाले एमक्युबी एओ प्लेटफर्ममा आधारित अर्को कम्प्याक्ट एसयूभी ल्याउने

स्कोडा अटोको कुशाक र स्लाभियाको सफलता पछि अब नयाँ एसयूभी ल्याउने योजना...

नयाँ सब–४ मिटर एसयूभी बजारमा ल्याउने योजना बनाउदै स्कोडा

नयाँ सब–४ मिटर एसयूभी बजारमा ल्याउने योजना बनाउदै स्कोडा

स्कोडा अटो इन्डियाले भारतीय बजारको लागि नयाँ सब–४ मिटर एसयूभीका लागि...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...