प्रि–बुकिङ सहित स्कोडा कुशाक फेसलिफ्ट सार्वजनिक
स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ ।...
भारतमा १० लाख ६९ हजार भारु मूल्यका साथ स्कोडा स्लाभिया लन्च गरिएको छ । यसको डेलिभरी समेत आजैदेखि प्रारम्भ हुनेछ ।
स्कोडा स्लाभिया दुई इन्जिन भेरिएन्टमा उपलब्ध हुने र अर्को भेरिएन्टको मूल्य भने आगामी मार्च ३ मा घोषणा गरिने बताइएको छ ।
हाल १.० टीएसआई पावरयुक्त भर्सन सार्वजनिक गरिएको हो । यसको मूल्य १० लाख ६९ हजार देखि १५ लाख ३९ हजार भारु सम्म तोकिएको छ । यसले ११५ एचपी पावर र १७५ एनएम टर्क जेनेरेट गर्छ । यो ६–स्पिड म्यानुअल वा टर्क कन्भर्टर अटोमेटिक गियरबक्समा उपलब्ध हुनेछ ।
स्कोडाले स्थानीय रुपमै उपलब्ध गराएको एमक्यूबी एओ इन प्लेटफर्ममा यो सेडान आधारित छ । यसको डिजाइन हालै अपडेट गरिएको अक्टाभिया र सुपर्व जस्ता सेडान कारबाट प्रेरित छ । यो विभिन्न ५ कलर अप्सनमा उपलब्ध हुनेछ ।

यसको बाहिरी भागमा सिग्नेचर बटरफ्लाई आकारको फ्रन्ट ग्रिल र ठूलो रेडिएटर ग्रिल छ । त्यसैगरी एल आकारको हेडलाइट, १६ इन्चको अलोय ह्विल, सार्क फिन एन्टेना र बुट माउन्टेड नम्बर प्लेट छ ।
यो कारमा ओआरभीएममा टर्न इन्डिकेटर र साइड बडीमा लाइनिङ दिइएको छ । पुरै मस्कुलर डिजाइनयुक्त यो कम्प्याक्ट सेडानको क्याबिनमा ड्युअल टोन फिनिस दिइएको छ, जुन हेर्दा निकै नै प्रिमियम देखिन्छ । ड्यासबोर्ड र अपहोल्स्ट्री पनि ड्युअल टोनयुक्त छ ।
यसको ड्यासबोर्ड ड्युअल टोन फिनिसका साथ उपलब्ध छ भने ड्युअल स्पोक स्टेयरिङ ह्विल, स्टेयरिङ ह्विल माउन्टेड कन्ट्रोल, अटोमेटिक क्लाइमेट कन्ट्रोल, २५.४ सेमी टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम र २०.३२ सेमी डिजिटल ककपिट जस्ता फिचर उपलब्ध छन् ।
नेपालमा पनि आउने
नेपाली बजारमा पनि स्कोडा स्लाभिया आउने चर्चा पहिले देखि नै चलिरहेको छ । नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले यो गाडी ल्याउने तयारी पहिले देखि नै भएको बताएको छ ।
नेपाली बजारमा स्कोडा स्लाभिया करिव डेढ महिना भित्र आउने अनुमान गरिएको छ । यसको मूल्य र अन्य सबै जानकारी त्यतिबेलै थाहा हुनेछ ।
स्कोडाले आफ्नो लोकप्रिय एसयूभी कुशाकको फेसलिफ्ट भर्सन सार्वजनिक गरेको छ ।...
काठमाडौं – फोटोनको नेपालका लागि आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल...
काठमाडौं – नेपालमा ‘अफरोड कल्चर’को विकास गर्न र जिप जीवनशैलीलाई...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...