निसान म्याग्नाइट र रेनो काइगर : पावर र पर्फमेन्स उही, मूल्यमा १ लाख ५० हजार अन्तर
कम मूल्यको एसयूभीका रुपमा चर्चा कमाइरहेको निसान म्याग्नाइटलाई चुनौती...
गत वर्षको फेब्रुअरी २२ अर्थात फागुन १० गते नेपाली बजारमा सार्वजनिक गरिएको निसान म्याग्नाइटले हिजो एक वर्ष पुरा गरेको छ । यो अवधिमा हाल १ हजार ४९९ युनिट सवारी साधन नेपालका सडकमा गुडिरहेको नेपालका लागि निसानको आधिकारिक वितरक पायोनियर मोटोकर्पले जनाएको छ ।
यद्यपि यो वर्ष सबै गरी २ हजार २२६ निसान म्याग्नाइट बुकिङ भइसकेका छन् । एक वर्षको अवधिमै नेपाली उपभोक्ताले यति धेरै रुचाउनु र पहिलो वार्षिकोत्सव मनाउन पाउनु पायोनियर मोटोकर्पका लागि कोशेढुंगा सावित भएको कम्पनीको भनाइ छ ।
१ वर्षको छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्युटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।
निसान म्यागनाइटले ‘कम्प्याक्ट एसयूभी अफ द इयर’, टप गियर अवार्ड्स २०२१, ‘द भ्यालु फर मनी कार अफ द इयर’ का साथै अटोकार अवार्ड्स ‘अटोमोबाइल ग्याजेट अफ द इयर’ र ‘कार एन्ड बाइक्स २०२१’ को विजेता हुनुका साथै सुरक्षा सम्बन्धी ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ हासिल गर्न सफल भएको छ ।
पायोनियर मोटोकर्पका प्रबन्ध निर्देशक सन्दीप कुमार शारदाले निसान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाएकोमा सम्पूर्ण ग्राहक महानुभाव, शुभचिन्तक एवं मिडियाकर्मीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
निसान म्याग्नाइटको माग धेरै भएकाले अहिले पनि नेपाली ग्राहकले खोजेको मोडल भनेकै समयमा भने पाइदैन । पायोनियर मोटोकर्पका डेपुटी जनरल म्यानेजर ज्ञानेन्द्र चन्दका अनुसार टर्बो भेरिएन्टका लागि कमसेकम अप्रिल वा मे महिना सम्म पर्खिनु पर्छ भने अन्य मोडलका लागि पनि कमसेकम एक महिना पर्खिनु पर्छ ।
भारतमा समेत यो एसयूभीको माग अत्यधिक रहेको र सेमी कन्डक्टरको अभावका कारण भने जति मात्रामा नेपाली बजारमा गाडी उपलब्ध हुन सकेको छैन ।
यो एसयुभी एक्सई, एक्सएल, एक्सभी, एक्सभी प्रिमियम गरी कुल ४ ट्रिम सहित ११ भिन्न भेरिएन्टमा उपलब्ध रहँदै आएको छ । जुन टर्बो र नन् टर्बो इन्जिन अप्समा उपलब्ध छ । सबैभन्दा माथिललो भेरिएन्टमा एलईडी डीआरएलसहितको बाई–प्रोजेक्टर हेडल्याम्प, १६ इन्चको डायमन्ड कट अलोय ह्विल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल विङ मिरर, रुफरेलका साथै फ्रन्ट र रियर फक्स स्किड प्लेट लगायतका विभिन्न इक्विपमेन्ट उपलब्ध छन् ।
त्यसैगरी यसमा ८.० इन्च टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम छ, जसमा सेगमेन्ट फस्र्ट वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो कनेक्टिभिटी छ । इन्स्ट्रयुमेन्ट क्लस्टरका लागि ७.० इनच टीएफटी डिस्प्ले छ । यी वाहेक भ्वाइस रिकग्निसन टेक्नोलोजी, पुस बटन स्टार्ट, क्रुज कन्ट्रोल, ३६० डिग्री अराउन्ड भ्यु क्यामेरा, टायर प्रेसर मोनिटर र इन्टेरियरमा सबै ब्ल्याक थिम रहेको छ।
निसान म्याग्नाइट दुई इन्जिन अप्सनमा उपलब्ध छ । पहिलो १.० लिटर थ्री सिलिन्डर नेचुरल्ली एस्पिरेटेड इन्जिनले ७२ एचपी पावर र ९८ एनएम टर्क तथा अर्को टर्बो पेट्रोल इन्जिनले १०० एचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यो म्यानुअल र सिभिटी ट्रान्समिसन अप्सनमा उपलब्ध छ।
नेपाली बजारमा यसको बेस भेरियन्ट एक्सईको ३० लाख ९९ हजार, एक्सएल मिडको ३३ लाख ९९ हजार, एक्सभी अपर मोनोको ३६ लाख ९९ हजार, एक्सभी अपर डुअल टोनको ३७ लाख ४९ हजार, एक्सभी प्रिमिय मोनोको ४० लाख ४९ हजार, एक्सभी प्रिमियम डुअलको ४० लाख ९९ हजार, एक्सएल मिड टर्बोको ३८ लाख ९९ हजार, एक्सभी अपर मोनो टर्बोको ४१ लाख ९९ हजार, एक्सभी अपर डुअल टर्बोको ४२ लाख ४९ हजार, एक्सभी प्रमियम मोनो टर्बोको ४४ लाख ९९ हजार र एक्सभी प्रिमियम डुअल टर्बोको ४५ लाख ४९ हजार रुपैयाँ निर्धारण गरिएको छ ।
कम मूल्यको एसयूभीका रुपमा चर्चा कमाइरहेको निसान म्याग्नाइटलाई चुनौती...
काठमाडौं – निसानकाे नेपालका लागि आधिकारिक वितरक पायोनियर मोटोकर्पले...
काठमाडौं – नेपालमा चेरी गाडीको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...