नेपालमा सार्वजनिक भयो टाटा टिगोर ईभी, यस्तो छ मूल्य र रेन्जलगायतका विशेषता

काठमाडौं – नेपाली बजारमा टाटा इलेक्ट्रिक कार टिगोर ईभी सार्वजनिक भएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले टिगोर ईभी सार्वजनिक गरेको हो ।

यसको मूल्य पहिले नै सार्वजनिक भइसकेको छ । यसको सुरुवाती भेरिएन्ट एक्सईलाई २९ लाख ९९ हजार, मिडियम भेरिएन्ट एक्सएमलाई ३१ लाख ४९ हजार र टप भेरियन्ट एक्सजेड प्लसलाई ३२ लाख ९९ हजार रुपैयाँ मूल्य तोकिएको छ ।

टाटा मोटर्सले अन्य गाडीमा प्रयोग गर्दै आएको जिपट्रोन प्रविधि यसमा पनि प्रयोग गरेको छ । यसमा भएको ब्याट्रीले सिंगल चार्जमा ३०६ किलोमिटरको रेन्ज दिने भारतको एआरआईले प्रमाणित गरेको छ । ब्याट्री र मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुने कम्पनीको भनाइ छ । त्यसैगरी गाडीमा ३ वर्ष वा १ लाख २५ हजार किलोमिटर गुड्दा सम्म वारेन्टी उपलब्ध हुनेछ ।

यसमा आईपी६७ रेटेड ब्याट्री प्याक र मोटर प्रयोग गरिएको छ । यसमा दिइएको ब्याट्रीलाई २५ किलोवाटको डिसी चार्जरबाट ६५ मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ । त्यसैगरी १५ एएमपी प्लगबाट समेत चार्ज गर्न सकिने हुँदा ग्राहकले आफ्नो घर वा कार्यलयमा हुने चार्जिङ पोर्टबाट सजिलै चार्ज गर्न सक्नेछन । यसरी चार्ज गर्दा भने ८ घण्टा ४५ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । यो नयाँ कारलाई ड्राइभ र स्पोर्ट गरी दुई मोडमा चलाउन सकिन्छ ।

यो कारमा २६ किलोवाट आवरको लिक्विड–कुल्ड ब्याट्री प्याक जडान गरिएको छ । यो कारलाई जुनकुनै मौसममा सहजै चलाउन सकिने बताइएको छ । यसमा जडान गरिएको विद्युतीय मोटरले ७४ बिएचपी र १७० एनएम टर्क जेनेरेट गर्छ ।

टाटा टिगोर ईभीको ग्राउन्ड क्लियरेन्स १७२ एमएम छ भने यसको बुट स्पेस ३१६ लिटर छ । टिगोर ईभीको कन्टेम्पोररी स्टाइल, ह्युमानिटी लाइन, ड्युअल टोन, नयाँ फ्रन्ट ग्रिल र सुपर स्टाइल ह्विलले यसको बाहिरी भागलाई अझै इलेक्ट्रिफाइङ अनुभव प्रदान गरेको छ ।

यसमा भएका स्पेसियस सिट, फ्ल्याट बटम स्टेयरिङ ह्विल, अटोमेटिक टेम्परेचर कन्ट्रोल, ग्लोभ बक्स र रियर सिट आदिले कारलाई आरामदायी बनाएका छन् । गाडीमा ७ इन्चको हर्मन इन्फोटेनमेन्ट टचस्क्रिन, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल एलसिडी इन्सट्रुमेन्ट क्लस्टर, अटो एसी, सिट उचाइ मिलाउन मिल्ने ड्राइभर सिटलगायतका विशेषताहरू पाउन सकिन्छ।

सुरक्षाका लागि टिगोर ईभीले ग्लोबल एनक्यापबाट फोर स्टारको सेफ्टी रेटिङ पाएको छ । यसमा आईपी६७ रेटेड ब्याट्री प्याक र मोटरका साथै यस सम्बन्धी सबै सुरक्षा उपलब्ध छन् । त्यसैगरी यसमा ड्युअल एयरब्याग, कर्नर स्टेबिलिटी कन्ट्रोल र ईबीडी सहितको एबीएस तथा डाइनामिक गाइड वे सहितको रियर पार्क असिस्ट विथ क्यामेराले निकै नै सुरक्षा प्रदान गर्छन् ।

टाटा मोटर्सले ईजी एपको माध्यमद्वारा चार्जिङ प्वाइन्ट पत्ता लगाउनुका साथै चार्जिङ अवस्था र अन्य विभिन्न जानकारी प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । यसबाट स्टेट अफ द आर्ट कनेक्टिभिटी प्राप्त गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

फागुन १८ देखि काठमाडौंमा एमएडब्लू  ईभी कार्निभल आयाेजना हुने

फागुन १८ देखि काठमाडौंमा एमएडब्लू ईभी कार्निभल आयाेजना हुने

काठमाडौं – नेपालमा दिपल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले...

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

‘नेपाल राइडर मिट २०२५’ को अवसरमा मनाङमा सार्वजनिक गरियो मोटुल ७१०० १५डब्लु–६०

मोटुल नेपालले मनाङमा आयोजित नेपाल राइडर मिट (एनआरएम) २०२५ को अवसर पारेर...

अपडेट भएर आयो जीकर एक्स, यस्तो छ मूल्य र विशेषता

अपडेट भएर आयो जीकर एक्स, यस्तो छ मूल्य र विशेषता

जीकरको लोकप्रिय ईभी मोडल एक्स अपडेट भएर आएको छ । नयाँ जीकर एक्सको मूल्य...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...