निसान म्याग्नाइट र रेनो काइगर सहित ४ कारलाई ४–स्टार सेफ्टी रेटिङ

ग्लोबल एनसीएपीले निसान म्याग्नाइट र रेनो काइगर कम्प्याक्ट एसयूभीको सेफ्टी परीक्षण गरेको छ । यी दुबै कारहरू सीएमएफ–एप्लस प्लेटफर्ममा आधारित छ र इन्जिन पनि समान छ । दुवैले फोर स्टार रेटिङ पाएका छन् ।

त्यसैगरी होन्डा ज्याज र फोर्थ जेन होन्डा सिटीले पनि उही रेटिङ पाएको छ ।

निसान म्याग्नाइट डिसेम्बर २०२० मा लन्च गरिएको थियो । म्याग्नाइटले एडल्ट ओक्युपेन्ट प्रोटेक्शन टेस्टमा ४–स्टार रेटिङका साथ १७ मध्ये ११.८५ अंक हासिल गरेको छ । म्याग्नाइटले चाइल्ड ओक्युपेन्ट प्रोटेक्शन टेस्टमा २–स्टार रेटिङको साथमा ४९ अंकमा २४.८८ अंक प्राप्त गरेको छ ।

रेनो काइगरले पनि एडल्ट ओक्युपेन्ट प्रोटेक्शन टेस्टमा ४–स्टार रेटिङका साथ १७ अंकमा १२.३४ अंक पाएको छ । जबकि चाइल्ड ओक्युपेन्ट प्रोटेक्शन टेस्टमा २–स्टार रेटिङको साथमा ४९ अंकमा २१.०५ अंक प्राप्त गरेको छ ।

निसान म्याग्नाइट र काइगरमा समान १.०–लिटर नेचुरली एस्पिरेटेड पेट्रोल र १.०–लिटर टर्बो पेट्रोल इन्जिन समावेश गरिएको छ, जसले क्रमशः ७१ बीएचपी पावर र ९६ एनएम टर्क तथा ९९ बीएचपीमा १६० एनएमको टर्क जेनेरेट गर्छ । ट्रान्समिसन विकल्पमा स्ट्यान्डर्डको रूपमा ५ स्पिड म्यानुअल गियरबक्स समावेश गरिएको छ, जबकि टर्बो पेट्रोल युनिटमा वैकल्पिक रूपमा सीभीटी अटोमेटिक युनिट जोडिएको छ ।

सम्बन्धित समाचारहरू

नेपाली सडकमा १५०० बढी रेनो क्विड, नयाँ क्विड किन्ने ग्राहकले पाउनेछन् यस्तो सुविधा

नेपाली सडकमा १५०० बढी रेनो क्विड, नयाँ क्विड किन्ने ग्राहकले पाउनेछन् यस्तो सुविधा

काठमाडौं – इन्ट्री लेभल ह्याचब्याकमा लोकिप्रय रेनो क्विड नेपालमा १ हजार ५...

थप चार फिचर सहित उही मूल्यमा चेरी टिग्गो ४प्रो उपलब्ध

थप चार फिचर सहित उही मूल्यमा चेरी टिग्गो ४प्रो उपलब्ध

काठमाडौं – नेपाली बजारमा उपलब्ध चेरी टिग्गो फोरप्रो थप फिचर सहित उही...

भोलिदेखि नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको बिक्री सुरु हुँदै, यस्तो छ विशेषता

भोलिदेखि नेपाली बजारमा निसान म्याग्नाइट फेसलिफ्टको बिक्री सुरु हुँदै, यस्तो छ विशेषता

काठमाडौं – निसानको वहुप्रतीक्षित एसयूभी म्याग्नाइट फेसलिफ्ट आगामी...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...