चांगनको उत्कृष्ट सेडान एल्सभिन नेपाली बजारमा लोकप्रिय हुँदै : यस्तो छ दुई महिनाको अवस्था

चांगन अटोको उत्कृष्ट सेडान एल्सभिनले छोटो समयको अन्तरालमै नेपाली बजारमा आफ्नो नाम स्थापना गर्न सफल भएको कम्पनीको भनाइ छ । नेपाली बजारमा भित्रिएको दुई महिनाको छोटो अवधिमै नेपाली अटोमोबाइल उद्योगको ध्यानाकर्षण गर्न एल्सभिन सफल भएको छ ।

नेपाली बजारमा आगमन भएको दुई महिनाको अवधिमै ५ जना ग्राहकहरुलाई एल्सभिन वितरण गरिसकिएको छ भने अरु १५ जनाले आफ्नो बुकिङ निश्चित गरिसकेको कम्पनीले जनाएको छ । ग्राहकहरुबाट उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको एल्सभिन आरामदायी र आफ्नो विविध विशेषताहरुले ग्राहकहरुलाई प्रभावित पार्न सफल भएको छ ।

एल्सभिन आरामदायी उत्कृष्टता र विविध विशेषताहरुको समिश्रण हो । एल्सभिनमा १.५ लिटर ब्लुकोर इन्जिन, ५ स्पिड म्यानुअल ट्रान्समिसन र १३७० सीसीको इन्जिन रहेको छ । ब्लुकोर इन्जिनले ९९ बीएचपी पावर र १३५ एनएम टर्क जेनेरेट गर्दछ, जसले थोरै इन्धनको खपतमा उच्चतम प्रतिफल प्रदान गर्दछ । ग्राहकहरुले यसमा रहेको ७ इन्चको टचस्क्रिनको सजिलैसँग विविध कार्यका लागि उपयोग गर्न सक्ने बताइएको छ ।

एल्सभिनको एलईडी डीआरएल र बटरफ्लाइ ग्रिलले सजिलैसँग ध्यानाकर्षण गराउँदछ । यसमा प्रयोग भएको प्रोजेक्टर हेडल्याम्पले रात्रीकालिन समयमा पनि सहजता प्रदान गर्दछ । यसको भित्री बनावटमा प्रयोग भएको उत्कृष्ट लेदर सिट र बाहिर रहेको १५ इन्चको अलोय ह्विल्सले जो कोहीलाई पनि आकर्षित गर्दछ ।

एल्सभिनमा प्रयोग भएको स्पोर्टी फ्ल्याट स्टेयरिङले चालकलाई सहजता प्रदान गर्नेछ । यसमा सुरक्षाका विविध सुबिधाहरु उपलब्ध छन् जस अन्तर्गत एन्टी लक बे्रकिङ सिस्टम र फ्रन्टल एयरब्याग पनि समावेश छन् । रियरभ्यु क्यामराको साथमा पार्किङ सेन्सर, डाइनामिक लाइनस् र प्रोक्सिमिटी अलार्मले थप सहजता प्रदान गर्दछ । यसका साथै गाडीमा पार्किङ र रिभर्स दुवैका लागि वार्निङ्ग लाइट समावेश छ ।

ग्राहकहरुले चांगनको नक्साल, काठमाडौंमा नवनिर्मित सोरुममा गई गाडीको अवलोकन गरि टेस्ट राइड गर्न सक्ने बताइएको छ । यसका साथै कम्पनीको वेबसाइट मार्फत एल्सभिनको बारेमा विस्तृत जानकारी लिनका साथसाथै टेस्ट राइडको लागि बुकिङ पनि गर्न सकिन्छ । चांगन अटो सम्बन्धी सम्पुर्ण जानकारी चांगनको वेबसाइट, फेसबुक र इन्स्टाग्राम मार्फत लगइन गरि प्राप्त गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाकको एक वर्ष पुरा : थप फिचरका साथ अपडेट

स्कोडा कुशाक भारतमा लन्च गरेको १ वर्ष पुरा भइसकेको छ । सोही अवसरमा कम्पनीले...

नेपालमा स्कोडा कुशाकको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ

नेपालमा स्कोडा कुशाकको मूल्य सार्वजनिक, सुरुवाती मूल्य ४९ लाख ९० हजार रुपैयाँ

कठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्ल्यु...

आउदै छ पेट्रोल र इलेक्ट्रिक दुवै मोडमा चलाउन मिल्ने स्कोडाको अक्टाभिया आरएस

आउदै छ पेट्रोल र इलेक्ट्रिक दुवै मोडमा चलाउन मिल्ने स्कोडाको अक्टाभिया आरएस

स्कोडाले आफ्नो पहिलो प्लग–इन हाइब्रिड अक्टाभिया आरएस आईभी भारतमा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...