लन्च भयो टोयोटाको सबैभन्दा सस्तो कार ग्लान्जा, यस्तो छ भेरिएन्ट अनुसार विशेषता
टोयोटाले नयाँ जेनेरेसन ग्लान्जा लन्च गरेको छ । नयाँ टोयोटा ग्लान्जा...
मारुती सुजुकी इन्डिया इलेक्ट्रिक भेइकल सेगमेन्टमा प्रवेश गर्ने तयारी गरेको छ । रिपोर्टका अनुसार मारुती र टोयोटाले संयुक्त रूपमा ग्लोबल मिडसाइज इलेक्ट्रिक एसयूभी विकास गरिरहेका छन् । कम्पनीले यसलाई वाईवाई८ कोडनेम दिएको छ । रिपोर्ट अनुसार यो भारतीय बजारमा पहिले देखि नै उपलब्ध ईभी भन्दा धेरै शक्तिशाली हुनेछ ।
मारुती–टोयोटाको यो इलेक्ट्रिक एसयूभी टाटा नेक्सन ईभी भन्दा फराकिलो हुनेछ । यसमा ४८ केडब्ल्युएच वा ५९ केडब्ल्युएच ब्याट्री प्याक हुनेछ । यसको ड्राइभिङ रेन्ज ४०० देखि ५०० किलोमिटर सम्म हुनेछ । यसले भारतीय बजारमा टाटा नेक्सन ईभीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्नेछ ।
मारुती–टोयोटा वाईवाई८ को लम्बाई ४.२ मिटर भन्दा बढी हुनेछ । यो टाटा नेक्सन ईभी भन्दा लामो हुनेछ । यद्यपि, यो एमजी जेडएस ईभी भन्दा कम चौडाइको हुनेछ । साथै, यसको ह्विलबेस नेक्सन र एमजी जेडएस ईभी भन्दा बढी हुनेछ । यसमा ब्याट्रीको साइज पनि दुबै इलेक्ट्रिक एसयूभी भन्दा बढी हुनेछ ।
मारुती–टोयोटा वाईवाई८ इलेक्ट्रिक एसयूभीमा टु–ह्विल र फोर–ह्विल ड्राइभिङ हुने सम्भावना छ । टु–ह्विल ड्राइभ भेरिएन्टमा १३८ एचपीको मोटर र ४८ केडब्ल्युएचको ब्याट्री प्याक जडान गर्ने सम्भावना छ । यसको रेन्ज ४०० किलोमिटर हुन सक्छ । फोर–ह्विल ड्राइभ भेरिएन्टमा १७० एचपीको पावर भएका २ वटा इलेक्ट्रिक मोटरहरू जडान गर्ने सम्भावना छ । यसमा ५९ केडब्ल्युएच ब्याट्री प्याक र ५०० किलोमिटर रेन्ज दिने अपेक्षा गरिएको छ ।
मारुती–टोयोटाको इलेक्ट्रिक एसयूभीमा भारतमा निर्मित ब्याट्री प्रयोग गरिने छ । यो ब्याट्री गुजरातको स्थानीय लिथियम आयोन ब्याट्री निर्माता टीडीएसजीले उत्पादन गर्नेछ । मारुती–टोयोटा वाईवाई८ इलेक्ट्रिक कार २०२५ सम्म लन्च हुनेछ । यसको मूल्य १३ देखि १५ लाख भारु बीच हुने अनुमान गरिएको छ ।
टोयोटाले नयाँ जेनेरेसन ग्लान्जा लन्च गरेको छ । नयाँ टोयोटा ग्लान्जा...
मारुती सुजुकीको लाइट कमर्सियल भेइकल सुपर क्यारी रिभर्स पार्किङ असिस्ट...
सुजुकी मोटरसाइकल इण्डियाले एक्सेस १२५ स्कुटरको ६० औं लाख युनिटलाई रोलआउट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...