बेनेली मोटरसाइकल तथा स्कुटरको खरिदमा २५ हजार नगद छुट
वेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल...
इटालियन मोटरसाइकल ब्रान्ड बेनेलीले सन् २०२० मा सबैभन्दा बढी मोटरसाइकल बिक्री गर्न सफल भएकोमा सन् २०२१ मा त्यो रेकर्डलाई पनि उछिनेर अर्को रेकर्ड कायम गरेको छ । इटालियन मोटरसाइकल पब्लिकेसन मोटो आईटीका अनुसार २०२० को तुलनामा २०२१ मा यो ब्रान्डका मोटरसाइकल ५७ प्रतिशत बढी बिक्री भएको छ ।
ती मध्ये पनि बेनेली टीआरके ५०२ इटालीकै बेस्ट सेलिङ बाइक बन्न सफल भएको छ । यो वर्ष सो बाइक ६ हजार ५४३ युनिट बिक्री भएको छ । टप १५ बेस्ट सेलिङ बाइकमा यसको नियो–रेट्रो रोडस्टर लियोन्सिनो ५०० र बिगिनर फ्रेन्ड्ली नेकेड स्ट्रिट फाइटर बीएन १२५ संलग्न रहेका छन् ।
बेनेली इटालीका सेल्स म्यानेजर गियानी मोनिनीले बेनेलीले आगामी दिनमा नयाँ रेन्जको रुपमा लियोन्सिनो १२५, लियोन्सिनो ८००, लियोन्सिनो ८०० ट्रेल र टीआरके ८०० जस्ता मोडल उपलब्ध गराउने र ग्राहक सन्तुष्टिमा अझै वृद्धि गर्ने योजना भएको बताए ।
नेपाली बजारमा पनि बेनेलीका मोटरसाइकल र स्कुटर उपलब्ध छन् । नेपाली बजारमा केटीएम इन्टरनेसनल ट्रेडिङले बेनेलीका विभिन्न रेन्जका मोटरसाइकलका साथै हालै प्यानेरिया १२५ स्कुटर बिक्रीका लागि उपलब्ध गराएको छ ।
टीआरके ५०२ बेनेलीको पहिलो एड्भेन्चर बाइक हो । यसमा ५०० सीसी क्षमताको इन्जिन छ र यसले ४७ एचपी पावर दिन्छ ।
यसमा ६ गियर छन् । एड्भेन्चर बाइकमा राम्रो ग्राउन्ड क्लियरेन्स र ठूलो क्षमताको फ्यूल ट्यांक हुनु जरुरी छ । यही कुरालाई ध्यानमा राख्दै टीआरके ५०२ मा २३० एमएमको उच्च ग्राउन्ड क्लियरेन्स दिइएको छ । र, यसको फ्युल ट्यांकको क्षमता २० लिटरको रहेको छ ।
बेनेली टीआरके ५०२ मोटरसाइकल नेपाली सडकमा पनि गुडिरहेका छन् । हाल यो मोटरसाइकल नेपालमा बिक्रीका लागि उपलब्ध छैन । यद्यपि ग्राहकको अर्डर अनुसार यसलाई भित्र्याउन सकिने कम्पनी स्रोतको भनाइ छ । यसको मूल्य करिव १७ लाख रुपैयाँ जति पर्ने अनुमान गर्न सकिन्छ ।
वेनेली मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक केटिएम इन्टरनेश्नल...
काठमाडौं – नेपालका लागि बेनेली बाइकको आधिकारिक वितरक केटीएम इन्टरनेसनल...
बेनेलीले चाँडै टीआरके सिरिजको नयाँ बाइक टीआरके ७०२ एड्भेन्चर ट्विन...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...