नयाँ स्कोडा कोडियाक : भारतमा २० दिनमै सोल्ड आउट, नेपालमा प्रतीक्षा

गत जनवरी १० मा भारतमा लन्च गरिएको स्कोडा कोडियाक फेसलिफ्टको पहिलो लट २० दिनमै सोल्ड आउट भएको छ । सन् २०२२ को पहिलो ब्याचका लागि तयार गरिएको १ हजार २ सय युनिट स्कोडा कोडियाक सबै सोल्ड आउट भएको बताइएको छ ।

भारतमै एसेम्बल्ड गरिएको स्कोडा कोडियाक ७ सिटर एसयूभी हो । नयाँ स्कोडा कोडियाक दुई वर्ष पश्चात फेरि अपडेटका साथ लन्च गरिएको थियो । यसको एक्सटेरियरका साथै इन्टेरियरमा समेत अपडेट गरिएको छ । अब दोस्रो ब्याचको कोडियाकको मूल्य भने १ लाख रुपैयाँ बढेर आउने बताइएको छ ।

तीन ट्रिममा उपलब्ध नयाँ स्कोडा कोडियाकको मूल्य ३४ लाख ९९ हजार देखि ३७ लाख ९९ हजार भारु सम्म तोकिएको थियो । यो एसयुभीमा नयाँ २।० लिटर टर्बो पेट्रोल इन्जिन समावेश गरिएको छ । जसले १९० पीएसको पावर र ३२० एनएमको टर्क जेनेरेट गर्छ । सो इन्जिन ७ स्पिड डुअल क्लच अटोमेटिक गियरबक्स छ र अल ह्वील ड्राइभ सिस्टममा उपलब्ध छ । सो एसयूभीमा डिजेल इन्जिनको विकल्प भने दिएको छैन ।

यसको लम्बाई, चौडाई र उचाई क्रमशः ४६९७ एमएम, १८८२ एमएम र १६८१ एमएम छ । यसको बुट स्पेस २७० लिटर छ । थर्ड रो सिटलाई फोल्ड गरेमा यसको बुट स्पेस २ हजार लिटर भन्दा बढी हुन्छ ।

नयाँ कोडियाक फेसलिफ्टमा नयाँ डिजाइन गरिएको फ्रन्ट ग्रिल, अपडेटेड एलईडी म्याट्रिक्स हेडल्याम्प, नयाँ फ्रन्ट र रियर बम्पर तथा पहिलाको भन्दा आकर्षक बोनट समावेश गरिएको छ । साथै नयाँ डिजाइन गरिएको अलोय ह्वील र टेलल्याम्प छ । अलोय ह्विल २० इन्चको छ र यो ड्युअल टोनयुक्त छ ।

इन्टेरियरको लेआउट पहिले जस्तै छ । यसको स्टेयरिङ भने टु–स्पोक्ड छ । यसमा १०.२५ इन्चको भर्चुअल ककपिट डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, ८ इन्च र ९.२ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, एम्बिएन्ट लाइटिङ आदि सुविधा उपलब्ध छ ।

सुरक्षाका लागि नयाँ स्कोडा कोडियाकमा ९ एयरब्याग, ईबीडी सहितको एबीएस, ईएससी, एएसआर, ईडीएल र अन्य धेरै फिचर उपलब्ध छन् ।

नेपाली बजारमा भने सिधै चेक रिपब्लिकमा उत्पादन भएको स्कोडा कोडियाक उपलब्ध हुने नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले बताएको छ । नेपाली बजारमा पनि नयाँ स्कोडा कोडियाक मार्च महिना सम्ममा बिक्रीका लागि उपलब्ध हुने अनुमान गरिएको छ ।

सम्बन्धित समाचारहरू

नेपालमा स्कोडा कुशाकको एक वर्ष : ४०० युनिट बिक्री, स्कोडाको बिक्री बढ्यो ५६० प्रतिशत

नेपालमा स्कोडा कुशाकको एक वर्ष : ४०० युनिट बिक्री, स्कोडाको बिक्री बढ्यो ५६० प्रतिशत

काठमाडौं – नेपालको सबैभन्दा बढी रुचाइएको युरोपियन एसयूभी स्कोडा कुशाकले...

फोटोन मोटर्सको अब देशभर सर्भिस नेटवर्क, एक घण्टा भित्रै सेवा पाइने

फोटोन मोटर्सको अब देशभर सर्भिस नेटवर्क, एक घण्टा भित्रै सेवा पाइने

काठमाडौं – नेपालका लागि फोटोन मोटर्सको आधिकारिक वितरक एमएडब्लु वृद्धि...

अमेरिकी राजदूतले नेपालमा सार्वजनिक गरे जिप -यांगलर, सुरुवाती मूल्य २ करोड ६७ लाख

अमेरिकी राजदूतले नेपालमा सार्वजनिक गरे जिप -यांगलर, सुरुवाती मूल्य २ करोड ६७ लाख

काठमाडौं – नेपाली बजारमा अमेरिकी ब्रान्ड जिपको महंगो एसयूभी -यांगलर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...