नयाँ लोगो सहित अपडेटेड रेनो क्विड लन्च
रेनो इन्डियाले भारतीय बजारमा अपडेटेड क्विड लन्च गरेको छ। यसको प्रारम्भिक...
रेनो इन्डियाले गत वर्षको सुरुमा आफ्नो कम्प्याक्ट एसयूभी काइगर भारतमा पेश गरेको थियो । काइगरको परफर्मेन्स, इन्धन इफिसिएन्स पावरट्रेन र फिचरको कारण निकै लोकप्रिय बनिरहेको छ । काइगरले रेनोलाई भारतमा पुनः स्थापित गर्न मद्दत गरेको छ ।
कम्पनीले भारतमा क्विड ह्याचब्याक, ट्राइबर र डस्टर पनि बिक्री गर्दै आएको छ । विश्वव्यापी सेमीकन्डक्टर चिप्सको अभावको बाबजुद रेनोले २०२१ मा घरेलु बजारमा कुल १ लाखभन्दा बढी कार बिक्री गर्न सफल भएको थियो ।
रेनोको ब्रान्ड सेल्स एण्ड अपरेसनका वरिष्ठ उपाध्यक्ष फेब्रिस क्याम्बोलिभले हालैका दिनमा बिक्रीको मात्रामा निरन्तर सुधार भएको र क्विड, ट्राइबर र काइगर सीएमएफ–एप्लसमा आधारित भएको बताए । साथै कम्पनीले बी र सी सेगमेन्टमा प्रवेश गर्ने तरिका खोजिरहेको पनि जानकारी दिएका छन् ।
रेनोले हाल निसानसँग मिलेर इलेक्ट्रिफिकेशनको रुपमा काम गरिरहेको छ र कम्पनीले प्रिमियम सेग्मेन्टमा कार बेच्ने क्षमता महत्वपूर्ण हुने बताएको छ । ब्रान्डले आफ्ना इलेक्ट्रिक सवारी साधनका लागि थप स्थानीय सामग्री भएमा वृद्धिलाई गति दिनेछ ।
कम्पनीले भारतमा एक गिगाफ्याक्ट्री स्थापना गर्न खोजिरहेको छ, जसले भविष्यमा इलेक्ट्रिक सवारी साधनहरूको एकीकरण र स्थानीयकरण गर्न अनुमति दिनेछ । रेनोले हाल क्विड ईभी ल्याउने सम्भावनाहरू अध्ययन गरिरहेको छ । रिपोर्टका अनुसार कम्पनीले चाँडै नै दोस्रो जेनरेशन डस्टर भारतमा लन्च गर्ने सम्भावना छ, तर लन्च मिति भने तय गरिएको छैन ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...