गाडीमा प्रयोग हुने गियरबक्स : यस्तो छ प्रकार

गियरबक्स बिनाको गाडी कल्पना गर्नै सकिदैन । ड्राइभिङको अनुभव सीधै गियरबक्ससँग सम्बन्धित हुन्छ । यसले इन्जिनलाई सहज तरिकाले चलाउन सहयोग गर्छ ।

गियरबक्स कति प्रकारको हुन्छ र यसले कसरी काम गर्छ भन्ने वारेमा सामान्य जानकारी प्रस्तुत गरिएको छ ।

१. म्यानुअल गियरबक्स
म्यानुअल गियरबक्स प्रायः कम मूल्यको गाडीमा प्रयोग हुन्छ । यसमा चालक आफैंले गियर स्टिकको सहायताले गियर परिवर्तन गर्छ । यसमा चालकले क्लच प्याडल प्रयोग गरेर गियर परिवर्तन गर्नु पर्छ ।

गियरबक्स बिनाको गाडी कल्पना गर्नै सकिदैन । ड्राइभको अनुभव सीधै गियरबक्ससँग सम्बन्धित हुन्छ । गियरबक्स कति प्रकारको हुन्छ र यसले कसरी काम गर्छ यसको बारेमा केही बुझौं ।

२. अटोमेटिक गियरबक्स
अटोमेटिक गियरबक्समा गियर परिवर्तन गर्न क्लचको सट्टा हाइड्रोलिक फ्लुइड कपलिंक र टर्क कन्भर्टर प्रयोग गरिन्छ । हाइड्रोलिक फ्लुइड कपलिंक सिधै इन्जिनसँग जोडिएको हुन्छ, जसले ट्याप गर्दा गियरहरू परिवर्तन हुन्छ ।

३. अटोमेटिक म्यानुअल ट्रान्समिसन (एएमटी)
अटोमेटिक म्यानुअल ट्रान्समिसन गियरबक्सलाई सेमी–अटोमेटिक गियरबक्स पनि भनिन्छ । यसमा रेग्युलर क्लच र गियर कन्फिगरेसन प्रयोग हुन्छ, यसको साथै सेन्सर, एक्चुएटर, प्रोसेसर र न्युमेटिक पनि प्रयोग हुन्छ ।

४. कन्टिन्युस्ली भेरिएबल ट्रान्समिसन (सीभीटी)
कन्टिन्युस्ली भेरिएबल ट्रान्समिसन गियरबक्स महँगो सवारी साधनमा प्रयोग गरिन्छ । जहाँ स्टिल गियरको सट्टा बेल्ट वा पुलीको प्रयोग गरिन्छ । सो गियरबक्समा गियर परिवर्तन गर्न कैयौ प्रकारको रेशियोको प्रयोग गरिन्छ । गियर रेशियो इन्जिन स्पिड र आरपीएममा निर्भर हुन्छ ।

५. ड्युअल क्लच ट्रान्समिसन (डीसीटी)
ड्युअल क्लच ट्रान्समिसन (डीसीटी) गियरबक्सलाई अटोमेटिक र म्यानुअल ट्रान्समिसनको संयोजन भन्न सकिन्छ । यद्यपि यसमा टर्क कन्भर्टरको कमी देखिन्छ । सो गियरबक्समा टर्क कन्भर्टरको सट्टामा गियर परिवर्तन गर्नको लागि क्लचसहित दुईवटा छुट्टै शाफ्टहरू उपलब्ध हुन्छ ।

६. इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन (आईएमटी)
इन्टेलिजेन्ट म्यानुअल ट्रान्समिसन गियरबक्स लक्जरी कारमा देख्न सकिन्छ । सो गियरबक्समा क्लच इनपुटको आवश्यक पर्दैन । यसमा ड्राईभरले कहिले गियर परिवर्तन गर्दैछ भन्ने जानकारी ट्रान्समिसन कन्ट्रोल युनिटलाई दिन्छ ।

सम्बन्धित समाचारहरू

तातोपानी नाका आजबाट खुल्ने

तातोपानी नाका आजबाट खुल्ने

लामो समय आवागमन बन्द रहेको तातोपानी नाका आजबाट खुल्ने भएको छ। चीनसँगको...

मोटरसाइकल स्टार्ट नहुँदा नआत्तिनुहोस्, यी साधारण जाँचले बचाउन सक्छ मेकानिक खर्च

मोटरसाइकल स्टार्ट नहुँदा नआत्तिनुहोस्, यी साधारण जाँचले बचाउन सक्छ मेकानिक खर्च

कहिलेकाहीँ मोटरसाइकल अचानक स्टार्ट नहुँदा धेरैजसो चालक सिधै मेकानिककहाँ...

वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी अटोको रोड शो कार्यक्रम सम्पन्न

वाक्सी ब्रान्डको तीनपाङ्ग्रे अटोले अयोजना गरेको रोड शो कार्यक्रम देशका...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...