ट्राफिक कारवाहीमा परेर कागजपत्र खोसियो ? कहाँ छ भनेर जानकारी लिन यसो गर्नुस्

तपाई ट्राफिक कारवाहीमा पर्नुभयो र सडकमा कार्यरत ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक वा यस्तै कागजपत्र लिएर गएका छन् भने ती कागजपत्र कहाँ छन् भनेर सहज तरिकाले थाहा पाउन सकिने व्यवस्था छ ।

यसो भएमा सम्बन्धित कार्यालयमा पुगेर आफ्नो कागजपत्र लिन सहज हुन्छ । महानगरीय ट्राफिक प्रहरी कार्यालयले यसका लागि डकुमेन्ट ट्रयाकिङ प्रणाली (डीटीएस) को विकास गरेको छ ।

हाल काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा ट्राफिक कारवाहीमा यसरी खिचिएका कागजात कुन कार्यालयमा छ भनेर थाहा पाउन सकिने छ । यसका लािग मोबाइलको म्यासेज बक्समा गएर ‘echalan’ टाइप गरी एक स्पेस छोडेर आर्थिक वर्ष र चिट नम्बर उल्लेख गरी ३४००१ मा पठाउन सकिन्छ ।

केही समयपछि आफ्नो कागजपत्र कुन ट्राफिक प्रहरी कार्यालयमा छ भन्ने कुराको जानकारी एसएमएस मार्फत नै प्राप्त हुनेछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चिट काटिएको केही समयपछि मात्र डीटीएस सक्रिय हुनेछ ।

सम्बन्धित समाचारहरू

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट

सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिकले काट्यो चिट

काठमाडौं–सभामुख डीपी अर्यालको गाडीलाई ट्राफिक प्रहरीले चिट काटेको छ ।...

यातायात व्यवस्था विभागले भन्यो, ‘इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुँदैन’

यातायात व्यवस्था विभागले भन्यो, ‘इम्बोस्ड नम्बर प्लेट जडान नगरे जरिवाना हुँदैन’

काठमाडौँ- यातायात व्यवस्था विभागले तत्काल सवारी साधनमा इम्बोस्ड नम्बर...

ट्राफिक व्यस्थापन गर्न ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’

ट्राफिक व्यस्थापन गर्न ललितपुर महानगरले सुरु गर्‍यो ‘समानान्तर पार्किङ’

काठमाडौँ । ललितपुर महानगरपालिकाले समानान्तर पार्किङ विस्तार गरेको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...