चांगनको प्रिमियम पिकअप हन्टरको खुल्यो बुकिङ, पहिलो ३० ग्राहकका लागि ७५.५० लाख मूल्य

काठमाडौं – चीनको अग्रणी अटोमोबाइल ब्रान्डले चांगन अटोले आफ्नो प्रिमियम पिक–अप ‘हन्टर’ को बुकिङ खु्ल्ला गरेको छ । ७५ लाख ५० हजार मूल्य तोकिएको उक्त पिकअपको यो मूल्य पहिलो ३० ग्राहकमा मात्र लागू हुने बताइएको छ ।

हन्टर सबै खालको भूभाग र बाटोको लागि उचित भएको हुनाले नेपाली ग्राहकहरुको लागि सहि रोजाई हुन सक्ने कम्पनीले अपेक्षा गरेको बताएको छ ।

हन्टरमा १.९ टर्बोचार्ज्ड इन्जिन छ जसले १५० एचपी पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ । उक्त प्रिमियम पिकअपको ग्राउन्ड क्लियरेन्स २३० एमएम छ, जुन यो सेग्मेन्टकै सबैभन्दा राम्रो रहेको छ । यसले १ टनको पेलोड वजन उठाउन सक्छ ।

हन्टर ६–स्पिड अटोमेटिक गियर ट्रान्सिमसन्को साथमा आउने गर्दछ, जसले आफै नै रोडको कन्डिसन अनुसार गियर बदल्न मदत गर्दछ । हन्टरमा १० इन्चको एचडी इन्फोटेनमेन्ट टचस्क्रिन, पुस इन्जिन स्टार्ट बटन, क्रुज कन्ट्रोल, टायर प्रेसर मोनिटरिङ सिस्टम, इलेक्ट्रोनिक स्टाबिलिटी प्रोग्राम र हिल डिसेन्ट कन्ट्रोल जस्ता फिचर रहेका छन् । यसमा आरामदायी पावर असिस्टेड सिट पनि रहेको छ भने यसलाई इको र स्पोर्ट मोडमा चलाउन सकिन्छ ।

हन्टर सम्बन्धी थप जानकारीका लागि फेसबुक पेज हेर्न सकिन्छ भने वेबसाइटमा लगइन गरि हन्टर बुक गर्न तथा टेस्ट ड्राइभ पनि बुक गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

नेपाली बजारमा पहिले नै उपलब्ध जिप ग्रान्ड चेरोकी अब नोभेम्बरमा भारतमा लन्च हुने

नेपाली बजारमा पहिले नै उपलब्ध जिप ग्रान्ड चेरोकी अब नोभेम्बरमा भारतमा लन्च हुने

जिपले पाँचौं जेनेरेशन ग्राण्ड चेरोकीलाई नयाँ अवतारमा भारतमा लन्च गर्ने...

लामो समय पश्चात नेपाल भित्रियो स्कोडाको नयाँ गाडी, मूल्य र फिचर यस्तो

लामो समय पश्चात नेपाल भित्रियो स्कोडाको नयाँ गाडी, मूल्य र फिचर यस्तो

काठमाडौं – नेपालका लागि स्कोडाको आधिकारिक वितरक एमएडब्लु एक्सपान्जले...

आकर्षक लुकमा स्कोडा कुशाकको नयाँ भेरिएन्ट चाँडै लन्च हुँदै, यस्तो हुनेछ फिचर

आकर्षक लुकमा स्कोडा कुशाकको नयाँ भेरिएन्ट चाँडै लन्च हुँदै, यस्तो हुनेछ फिचर

स्कोडाले आफ्नो लोकप्रिय एसयूभी स्कोडा कुशाकको मोन्टे कार्लो भेरिएन्ट...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...