जीपले यो बर्ष भारतमा ३ वटा एसयुभी लन्च गर्ने

अमेरिकन ब्रान्ड जीपले यो बर्ष भारतमा तीनवटा एसयुभी लन्च गर्ने बताएको छ । जसमध्ये २ वटा नयाँ र एउटा कम्पासको ट्रायल हक भेरियन्ट हुनेछ । नयाँ एसयुभी मेरिडियन र ग्रान्ड चेरोकीलाई यसैबर्षको मध्यसम्ममा लन्च गरिने जीपले बताएको हो ।

त्यसैगरी हाल कारोबार भैरहेको कम्पासको नयाँ भेरियन्ट ट्रायल हकलाई १ बर्षपछि अपडेट गरेर पूनः बजारमा ल्याउन लागिएको हो । ट्रायल हकलाई कम्पनीले सिमित संख्यामा मात्र उत्पादन गर्ने अनुमान लगाइएको छ ।

कम्पनीले ल्याउन लागेको अर्को नयाँ मोडल मेरिडियनलाई कम्पासमा आधारित रहि निर्माण गरिने बताइएको छ । कम्पासकै बेसमा उत्पादन गरिएपनि यो एसयुभी केही ठूलो हुनेछ । जसमा कम्पासमा प्रयोग गरिएको २.० लिटर डिजेल इन्जिनलाई नै निरन्तरता दिइने र हालको १७० बिएचपी पावरलाई बढाएर २०० बिएचपीसम्म पुर्याइनेछ । जीपले यो एसयुभीमा माइल्ड हाइब्रिड प्रबिधी समेत थप गर्न सक्ने बताएको छ । ३५ लाख भारु हाराहारी मूल्य पर्ने अनुमान लगाइएका मेरिडयनमा ९ स्पिड अटोमेटिक गियरबक्स जडान गरिनेछ ।

त्यसैगरी अघिल्लो बर्ष अन्तराष्ट्र्रिय बजारमा सार्बजनिक गरिएको ग्रान्ड चेरोकीको अल न्यू मोडललाई जीपले भारतीय प्लान्टमा एसेम्बल गर्ने जनाएको छ । अन्तराष्ट्र्रिय बजारमा ५ र ७ सिटर अप्सनमा उपलब्ध यो एसयुभीको ५ सिटरलाई भारतमै एसेम्बल गर्न लागिएको हो । पेट्रोल, डिजेल र प्लग इन हाइब्रिज इन्जिनमा उपलब्ध यो एसयुभीलाई जीपले भारतमा भने डिजेल इन्जिनलाई प्राथमिकत नदिने देखिएको छ । यो एसयुभीमा ३.६ लिटर पेट्रोल भी६ इन्जिन जडान गरिनेछ जसको अधिकतम पावर २९० एचपी रहने अनुमान लगाइएको छ । यसको मूल्य भारतमा ६५ देखी ७५ लाख भारुसम्म पर्न सक्ने अनुमान लगाइएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्राले चाँडै नै एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने, परीक्षण क्रममा देखियो

महिन्द्राले चाँडै नै एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने, परीक्षण क्रममा देखियो

महिन्द्राले भारतीय बजारमा महिन्द्रा एक्सयूभी थ्रीएक्सओ ईभी लन्च गर्ने...

कोरियन ब्रान्डको दबदबामा गुमनाम बनेको स्याङयोङ

कोरियन ब्रान्डको दबदबामा गुमनाम बनेको स्याङयोङ

नेपालको प्यासेन्जर कार बजारमा कोरियन ब्रान्डले आफ्नो बर्चस्व बढाउँदै...

फिचर अपडेट भएर आउँदै महिन्द्रा एक्सयूभी–४०० ईभी

फिचर अपडेट भएर आउँदै महिन्द्रा एक्सयूभी–४०० ईभी

महिन्द्राले आफ्नो इलेक्ट्रिक एसयूभी एक्सयूभी–४०० मा फिचर अपडेट गर्ने...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...