आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले पाए भारतको प्रतिष्ठित इन्डियन अचिभर्स अवार्ड
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
हेमन्त पुरानिक आईएमई मोटर्सका सीईओ अर्थात प्रमुख कार्यकारी अधिकृत हुन् । रेमिट्यान्सको क्षेत्रमा चिरपरिचित आईएमई ग्रुपद्वारा सञ्चालित आईएमई मोटर्सले नेपाली बजारमा हाल अशोक लेल्यान्डका सवारी साधन र एस्कर्ट्स ब्रान्डका हेभी इक्विपमेन्ट बिक्री–वितरण गरिरहेको छ ।
नेपाली अटोमोबाइल व्यवसायमा विगत १० वर्ष देखि सक्रिय रहेका उनी मेकानिकल इन्जिनियर हुन् भने व्यवस्थान सम्बन्धी एमबीए डिग्री समेत गरेका छन् । भारतको इंदौर जन्मिएका पुरानिक ६ वर्ष सम्म टाटा’ मोटर्सको नेपालमा कन्ट्री म्यानेजर थिए । त्यसपछि केही समय दीगो इलेक्ट्रिक भेइकल व्यवसायमा जोडिएका उनी करिव ९ महिना देखि सीईओको रुपमा आईएमई मोटर्ससँग जोडिएका हुन् ।नेपाली बजारमा राम्रो ब्रान्ड भित्र्याएर पनि सशक्त उपस्थिति जनाउन नसकिरहेको समयमा आईएमई मोटर्सको पहिचानलाई माथि उठाउने प्रतिवद्धताका साथ उनी सीईओ बनेका थिए । हाल उनको कार्यले सकारात्मक सन्देश प्रवाह गर्न सफल भएको छ ।
आएमई मोटर्स प्रवेश गरे पश्चात हेमन्तले केही नयाँ योजना बनाए । उनले ग्राहक सन्तुष्टि बढाउने मात्र होइन, आफ्नो टिमलाई कसरी उत्प्रेरित गर्ने भन्ने वारेमा समेत अध्ययन गरे । उनी भन्छन्, ‘सवारी साधन उत्पादनकर्ता कम्पनीसँग कसरी सहकार्य गर्ने र नयाँ तरिकाले कसरी व्यवसाय सञ्चालन गर्ने बिक्रि पछिको सेवा मार्फत ग्राहक सन्तुष्टि भन्ने वारेमा छलफल गरे । यस्तै र अन्य धेरै साना साना कुराहरुमा समेत ध्यान दिन थाले ।’
पछिल्लो समयमा आएमई मोटर्सले सवारी साधनको बिक्रीमा वृद्धि गर्न सफल भएको छ । उनका अनुसार पहिले कमर्सियल सवारी साधनको बजारमा अशोक लेल्यान्ड पाँचौ नम्बरमा रहेकोमा हाल दोस्रो नम्बरमा पुगेको छ । उनी भन्छन् , ‘बजार हिस्सा र दर्जा दुवै हिसाबले यो ‘ह्युज जम्प’ हो ।’ यसमा अशोक लेल्यान्डका सवारी साधन आफैको र आईएमई मोटर्स टिम एवं ग्राहकको हामीप्रति बढेको विश्वासको समेत विशेष भूमिका छ ।’
नेपाली बजारमा अशोक लेल्यान्डका फुल रेन्जका कमर्सियल भेइकल उपलब्ध छन् । लाइट कमर्सियल भेइकलदखि लिएर ट्रक र टिपर जस्ता हेभी कमर्सियल भेइकलसम्म उपलब्ध छन् । लाइट कमर्सियल भेइकलमा दोस्त पिकअप प्रचलित छ । विभिन्न कार्यका लागि उपयोग गर्न सकिने यसका फरक फरक मोडल उपलब्ध छन् । सामान ओसार्नका लागि यसको प्रयोग हुन्छ । त्यसैगरी कम्पनीबाटै जडान भएको अर्थात इबिल्ड कन्टेनर भएको सवारी साधन समेत उपलब्ध छ । रेफ्रिजेरेसन सुविधा सहितको गाडीमा अशोक लेल्यान्ड पायोनियर नै हो । हालै गार्बेज ट्रक समेत उपलब्ध गराएको छ । पानी बोक्ने ट्यांकर, एम्बुलेन्स यस्ता धेरै भेराइटी लाइट कमर्सियल भेइकलमा उपलब्ध छन् ।

लाइट कमर्सियलमै दोस्त एक्सप्रेस नामक १३ सिटर भ्यान उपलब्ध छ । यसको माइलेज १९=६ किलोमिटर प्रति लिटर छ, जुन क्याटागोरीमै बेस्ट हो । त्यसैगरी ट्रक, टिपर आदि इन्टरमिडियट कमर्सियल भेइकल छन् । यो बाहेक ठूला ट्रक र टिपर समेत छन् । नेपाली बजारमा उपलब्ध २५१८ मोडलको दस चक्के टिपर निकै नै लोकप्रिय सवारी साधन हो । हालै क्याप्टेन २५२३ टिपर नेपाली बजारमा उपलब्ध भएको छ र यो नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो टिपर बनेको छ । यो भन्दा ठूला १२ चक्के, १ ४ चक्के ट्रक पनि नेपाली बजारमा उपलब्ध छन् । २२ चक्के ट्रक पनि भित्र्याउने योजना छ ।
बसको पनि फुल रेन्ज उपलब्ध छ । भाइकिङ २२२ बस नेपाली बजारमा उपलब्ध सबैभन्दा राम्रो बस हो । यो निकै नै लोकप्रिय र आरामदायी तथा बढी माइलेजयुक्त छ । पर्यटकीय क्षेत्रमा यसको धेरै प्रयोग हुन्छ ।
अशोक लेल्यान्डका सवारी साधन भरपर्दा छन् । यी गाडी बलिया छन् र नेपाल जस्तै पहाडी भुभागका लागि एकदमै उपयोगी छन् । नेपाली सडकमा यी गाडीको पर्फमेन्स निकै नै राम्रो छ । यो अवस्थामा प्रोडक्ट मार्केटिङ गर्नुका साथै आफ्टर सेल्स सपोर्टमा पनि विशेष सुधार गरेको पुरानिक बताउँछन् । यो भन्दा पहिले पार्ट्स सपोर्टमा केही समस्या थियो । यसलाई पुरै समाधान गरिएको र हाल अशोक लेल्यान्डका पार्ट्स सहजै तरिकाले सबै स्थानमा पाउन सकिने उनी बताउछन् ।
हाल देशभर अशोक लेल्यान्डका रिटेल पार्ट्स आउटलेट खुलेका छन् । उनी भन्छन्, ‘अहिले पनि हाम्रो पार्ट्स व्यवसायमा जोडिन चाहने सबैलाई हामी स्वागत गर्छौ ।’ त्यसैगरी देशभर विभिन्न स्थानमा वर्कसप स्थापना गर्नुका साथै लोकल मेकानिक्सहरुलाई समेत तालिम प्रदान गरेको छ । भन्छन्, ‘यसबाट कम्पनी, मेकानिक्स, कर्मचारी सबैको कन्फिडेन्स लेवल बढेको छ । गाडी आफैमा राम्रो हुनु, पार्ट्स प्रशस्तै मात्रामा उपलब्ध हुनु, आफ्टर सेल्स सर्भिस सहज तरिकाले उपलब्ध हुनु आदि सबैका कारण गाडीको बिक्रीमा उल्लेखनिय वृद्धि भएको छ।’
यसमा प्रिन्सिपल कम्पनी र आएमई मोटर्सका कर्मचारी टिमको सहयोगको समेत उल्लेखनिय भूमिका छ । कम्पनीको बोर्ड अफ डाइरेक्टरले उत्तिकै सहयोग गरेको छ । ९ महिनाको अवधिमा टिम बिल्डिङ राम्रो तरिकाले भएको र सबै पक्षबाट उत्तिकै सहयोग भएर सहकार्यको वातावरणमा वृद्धि भएकाले समग्रमा व्यापार पनि राम्रो भएको उनको बुझाई छ । राम्रो प्रोडक्ट, राम्रो टिम, राम्रो सेवा र ग्राहकको राम्रो प्रतिक्रियाका कारण आगामी दिनमा एक नम्बरमै उक्लिने तयारीका साथ कार्य गरिरहेको उनले बताए ।

हेभी इक्विपमेन्ट बजारमा ९ महिना पहिले चौथो नम्बरमा रहेकोमा हाल एस्कर्ट्स दोस्रो नम्बरमा आएको पुरानिक बताउछन् । नेपाली बजारमा एस्कर्ट्सका ब्याकहो लोडर, क्रेन र कम्प्याक्टर गरी तीन सेगमेन्टका इक्विपमेन्ट छन् । क्रेन बजारमा आफूहरु नम्बर एक पोजिसनमा रहेको उनले बताए । क्रेन बजारमा ८० प्रतिशत भन्दा बढी बजार हिस्सा छ । एस्कर्ट्सको क्रेन किन्नका लागि पर्खिन पनि ग्राहक तयार रहने गरेको उनले बताए ।
सबै भुभागमा पुग्न सक्नु, राम्रो सेल्स टिम, पार्ट्सको उपलब्धता, डिलर र रिटेलरको नेटवर्क आदिले यो सबै सम्भव भएको हो । यद्यपि हेभी इक्विपमेन्ट क्षेत्रमा अझै गर्न सकिने सम्भाव्यता धेरै छ । उनी भन्छन्, ‘हामी यो क्षेत्रमा पनि नम्बर वान बन्ने लक्ष्यका साथ कार्य गरिरहेका छौ ।’
यी सबै कार्यका लागि सबैभन्दा महत्वपूर्ण भूमिका आफ्नो टिमको रहेको उनको स्वीकारोक्ति छ । कडा मेहनत, सबै भुभागमा पुगेर ग्राहकसँग अन्तरक्रिया गर्न सक्ने क्षमता, डिलर र वर्कसपसँगको सम्बन्ध निर्माण आदि कार्यमा टिमका सदस्यहरुको विशेष भूमिका छ । यद्यपि टिमलाई केही मात्रामा पुनर्संरचना गर्ने कार्यमा भने आफ्नो भूमिका हुन सक्ने उनी बताउछन् । भन्छन्, ‘कुन व्यक्तिले के काम गर्न सक्छ भन्ने पहिचान गरेर त्यसै अनुसारको जिम्मेवारी दिने कार्य गरियो । त्यसैगरी टिमलाई फैलाउने कार्य पनि गरियो । साथसाथै डिलर, रिटेलर, ब्रान्च आदि थप गर्ने कार्य गरियो । र, मुख्य कुरा आफ्टर सेल्स सपोर्टलाई पनि सुधार गरियो । धेरै मेकानिक्सलाई तालिम दिइएको छ । यसले गर्दा कस्टमरको कन्फिडेन्स लेवल पनि बढ्यो । अनि पार्ट्सको उपलब्धता अर्को महत्वपूर्ण पक्ष हो । चाहिएको पार्ट्स उपलब्ध छ र कहिलेकाहि नपाएको खण्डमा पनि एक दुई दिनमै भारतबाट मगाएर उपलब्ध गराउने गरिएको छ ।’
मेकानिक्सहरुको अनगोइङ ट्रेनिङ सधै चल्ने गर्छ । बालाजुमा मेकानिक्स ट्रेनिङ स्कुल नै सञ्चालित छ । भारतमा रहेको ट्रेनिङ सेन्टरमा समेत ट्रेनिङ हुने गरेको छ । नेपालमै आएर पनि विभिन्न सहरमा पुगेर तालिम दिने गरेका छन् ।
यी सबैका कारण अशोक लेल्यान्ड र एस्कर्ट्स दुवै ब्रान्डको विश्वसनियतामा वृद्धि भएको उनले बताए । यो अवधिमा दुवै ब्रान्डका केही नयाँ प्रोडक्ट पनि नेपाली बजारमा उपलब्ध भए । एस्कर्ट्सको डीम्याक्स३ लन्च भयो । कोभिडका कारण भव्य मात्रामा लन्च नगरे पनि यसको वारेमा ग्राहकबाट राम्रो प्रतिक्रिया प्राप्त भएको छ । रिलन्च गरिएको अशोक लेल्यान्डको दोस्त एक्सप्रेसको वारेमा पनि राम्रो प्रतिक्रिया प्राप्त भएको छ ।
आईएमई मोटर्सको आफ्नै व्यावसायिक मान्यता छ । गाडी बिक्री गर्दा धेरै डिस्काउन्ट र क्रेडिट दिने कम्पनीको योजना छैन । यदि धेरै मात्रामा डिस्काउन्ट र क्रेडिट दिने हो भने बिक्री धेरै हुन सक्छ । उनी भन्छन्, ‘हामी बिक्रीको गुणस्तरमा ध्यान केन्द्रीत गर्छौ । हामीसँग रिलायबल प्रोडक्ट भएकाले त्यसै अनुसारको बिक्री योजना लागू गरेका छौ । स्मार्टफोन बजारमा एप्पलको आफ्नै गुणस्तर भए जस्तै हाम्रो प्रोडक्टको पनि आफ्नै फरक विशेषता छ । यही नै हाम्रो पहिचान हो ।’
हाल देशभर १७ टच प्वाइन्टमार्फत सेवा प्रदान गरिरहेको आएमई मोटर्सले भविष्यमा प्रत्येक पचास किलोमिटरमा सेवा उपलब्ध गराउने योजना बनाएको छ ।
अशोक लेल्यान्ड र एस्कर्ट्स दुवै प्रतिष्ठित कम्पनी भएका र विश्वका धेरै देशमा यी कम्पनीका उत्पादन उपलब्ध छन् । त्यसैगरी आईएमई ग्रुप नेपालको एक प्रतिष्ठित संस्था हो । आईएमई ग्रुप अन्तर्गतको आईएमई मोटर्सले अशोक लेल्यान्ड र एस्कर्ट्स ब्रान्डका लागि राम्रो टिम, राम्रो सर्भिस नेटवर्क र राम्रो आफ्टर सेल्स सर्भिसको प्रतिवद्धता उपलब्ध गराएको छ । यसकारण यी कम्पनीका उत्पादन प्रयोग गर्नु आफैमा आत्म सन्तुष्टि प्राप्त गर्नु पनि हो । त्यसैले त सीईओ हेमन्त पुरानिक भन्छन्, ‘राम्रो ग्रुपसँग जोडिनुस्, राम्रो कस्टमर सर्भिस लिनुस् र ढुक्क रहनुस ।’
काठमाडौं – आईएमई मोटर्सका सीईओ हेमन्त पुराणिकले भारतको प्रतिष्ठित...
काठमाडौं– अशोक लेल्यान्डको मिनी पीकअप दोस्तमा नयाँ अफर आएको छ । नेपालका...
काठमाडौं – नेपाली बजारमा अशोक लेल्यान्ड र एस्कर्ट्सका सवारी साधन बिक्री...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...