घरैमा धुन सकिन्छ बाइक : तर यी ४ कुरामा विशेष ध्यान दिनुस्

सहर होस् वा गाउँ, बाइक सबैका लागि अति आवश्यक साधन बनेको छ । बाइकलाई समय समयमा सफा पनि गर्नुपर्छ । सामान्यतया मानिसहरु घरमै बाइक धुने गर्छन् ।

तर घरमै बाइक धुँदा धेरै होसियार हुनु आवश्यक छ, किनकी बाइक धुँदा गरिने थोरै मात्र लापरवाहीले पनि बाइकलाई धेरै नोक्सान हुन सक्छ । बाइक धुँदा केही कुरामा ध्यान दिनुपर्छ । केही कुराको ख्याल राखेर आफ्नो बाइकलाई छिट्टै बिग्रनबाट बचाउन सकिन्छ ।

– बाइक धुँदा बाइकको एक्जस्ट पाइप अर्थात् साइलेन्सरलाई पानीबाट बचाउनुपर्छ, साइलेन्सरमा पानी परेमा बाइक स्टार्ट गर्न निकै गाह्रो हुन्छ । जसले गर्दा बाइकलाई पटक–पटक किक हानेर स्टार्ट गर्नु पर्ने हुन्छ ।

– बाइकलाई नरम कपडाले मात्र सफा गर्नुहोस् । यदि बाइकलाई नरम नभएको अन्य कुनै चीजले सफा गर्नुभयो भने, बाइकमा दाग लाग्न सक्छ । साथै, बाइकको रङ पनि विस्तारै बिग्रदै जान्छ । फलस्वरूप, बाइकले आफ्नो चमक गुमाउँछ र बाइक पहिलेको तुलनामा अलि पुरानो देखिन्छ ।

– बाइक धुनको लागि सधैं बाइक स्याम्पु प्रयोग गर्नुहोस् । यसले बाइकको चमक कहिल्यै बिगार्दैन ।

– बाइक धुँदा बाइकको कि–लकमा पानी नपार्ने प्रयास गर्नुहोस् । यदि बाइकको कि–लकमा पानी प¥यो भने, यसलाई खोल्न र बन्द गर्न समस्या हुनेछ ।

सम्बन्धित समाचारहरू

नयाँ प्रदूषण मापदण्ड सम्बन्धी अटो मेकानिक्स व्यवसायी संघको विभागलाई ध्यानाकर्षण

नयाँ प्रदूषण मापदण्ड सम्बन्धी अटो मेकानिक्स व्यवसायी संघको विभागलाई ध्यानाकर्षण

काठमाडौं – सरकारले लागू गर्न लागेको नयाँ प्रदूषण मापदण्ड र यसका लागि सवारी...

नागार्जुनमा अटोल्यान्ड स्थापनाका लागि खुल्ला तथा सार्वजनिक जग्गाको विवरण माग

नागार्जुनमा अटोल्यान्ड स्थापनाका लागि खुल्ला तथा सार्वजनिक जग्गाको विवरण माग

काठमाडौं – नेपाल अटो मेकानिक्स व्यवसायी संघको माग बमोजिम काठमाडौंको...

अटो व्यवसायमा जमेकी पूजा गैरे : अटो क्षेत्रमा महिला सहभागिता बढाउने लक्ष्य

अटो व्यवसायमा जमेकी पूजा गैरे : अटो क्षेत्रमा महिला सहभागिता बढाउने लक्ष्य

अटो ब्यवसायी पूजा गैरे अटो व्यवसायको क्षेत्रमा चिनाइरहनुपर्ने नाम होइन ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...