सिंगल चार्जमा ११० किमी रेन्ज दिने नेपाली बजारमा उपलब्ध महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो

नेपाली बजारमा हाल महिन्द्राको इलेक्ट्रिक कार ई–भेरिटो उपलब्ध छ । महिन्द्रा ई–भेरिटो चाहिं भेरिटो सेडानको इलेक्ट्रिक भर्सन हो । महिन्द्रा इलेक्ट्रिकको पछिल्लो ड्राइभट्रेन टेक्नोलोजीबाट यसले पावर प्राप्त गर्छ । सो सेडानले थ्री फेज ७२ भोल्ट इन्डक्सन मोटरले ३०.५ किलोवाट पावर र ९१ एनएम टर्क जेनेरेट गर्छ ।

घरैमा मोबाइल फोन चार्ज गरे जसरी पनि यसलाई चार्ज गर्न सकिन्छ । १५ एम्पियरको प्लग प्वाइन्टमा यसलाई जोडेर चार्ज गर्दा ८ घण्टा ४५ मिनेटमा ० देखि १०० प्रतिशत सम्म चार्ज गर्न सकिन्छ ।

सो इलेक्ट्रिक सेडानलाई महिन्द्रा इलेक्ट्रिक फास्ट चार्जिङ प्रविधि प्रयोग गरी चार्ज गर्न पनि सकिन्छ र फुल चार्ज हुन करिव १ घण्टा ४५ मिनेट लाग्छ । सिंगल चार्जमा यसले करिव ११० किलोमिटरको दुरी तय गर्छ ।

यो गाडीमा भएको टेलिम्याटिक्स फिचरले १९० भेइकुलर प्यारामिटर ट्रयाक गर्छ र यसको रिमोट मोनिटरिङ र डायग्नोस्टिक गर्छ । यसले चार्जिङ प्याटर्न, पार गरेको किलोमिटर, बचत गरेको कार्बन डाइअक्साइड, इको प्वाइन्ट र धेरै कुराको जानकारी दिन्छ ।

त्यसैगरी यसमा भएको इन्टेलिजेन्ट इनर्जी म्यानेजमेन्ट सिस्टमले चार्जिङ र पार गरेको दुरी लगायतका विभिन्न जानकारी रियल टाइम आधारमा दिन्छ । अनि कहिलेकाहिं बीचैमा ब्याट्री लेवल कम भयो भने पनि यसमा भएको रिभाइभ फिचरको प्रयोग गरी ८ किलोमिटर सम्म चलाउन सकिन्छ र कुनै स्थानमा पुगेर चार्ज गर्न सकिन्छ ।

विद्युत प्रयोग गरी कार चलाउदा प्रतिकिलोमिटर १ रुपैयाँ १५ पैसा मात्र खर्च हुने कम्पनीको भनाइ छ । फुल चार्जका लागि १८ युनिट खर्च हुन्छ । प्रतियुनिट विद्युतको मूल्य ७ रुपैयाँ मान्दा र यसले ११० किलोमिटर यात्रा गर्दा त्यति खर्च हुने प्रक्षेपण गरिएको हो ।

महिन्द्रा ई–भेरिटोमा लिथियम आयोन ब्याट्री प्रयोग गरिएको छ । आवश्यकता अनुसार यसलाई बुस्ट मोडमा पनि चलाउन सकिन्छ । यसको ग्राउन्ड क्लियरेन्स १७२ एमएम छ ।

नेपाली बजारमा महिन्द्रा ई–भेरिटोको मूल्य ३९ लाख ८० हजार रुपैयाँ तोकिएको छ ।

सम्बन्धित समाचारहरू

अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

अब जावा मोटरसाइकल किन्दा फ्ल्याट १५ हजार डिस्काउन्ट, यस्तो छ सबै मोडलको मूल्य

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक, अग्नि ग्रुपको...

पानोरामिक सनरुफ सहित आउँदै महिन्द्रा एक्सयूभी–३०० फेसलिफ्ट

पानोरामिक सनरुफ सहित आउँदै महिन्द्रा एक्सयूभी–३०० फेसलिफ्ट

महिन्द्राले आफ्नो लोकप्रिय एसयूभी एक्सयुभी–३०० को फेसलिफ्ट तयार...

बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

बालाजु अटो वर्क्सले रौतहटमा खोल्यो महिन्द्राको नयाँ आधिकारिक सर्भिस सेन्टर

काठमाडौं–महिन्द्रा गाडिको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुप...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...