आज न्यु इयर इभ : यसकारण नचलाउनुस् सवारी साधन

आज न्यु इयर इभ हो । सन् २०२१ विदा भएर भोलि देखि २०२२ लाग्दैछ । आज संसारभर उत्साहपूर्वक नयाँ वर्षको स्वागतमा न्यु इयर इभ मनाउने चलन छ । यो चलन नेपालमा पनि छ ।

मोटरिस्टहरुका लागि न्यु इयर इभ वर्षकै सबैभन्दा व्यस्त दिन हुन्छ । केही व्यक्तिहरु अन्तिम समय सम्म सपिङमा व्यस्त हुन्छन् भने कोही घरमा परिवार भेट्नका लागि हतारमा हुन्छन् । त्यसैगरी कोही उत्सव मनाउन पार्टी जादै हुन्छन् । यसले गर्दा साँझमा विशेष गरी सडकमा धेरै गाडीहरु हुन सक्छन् ।

न्यु इयर इभको समयमा गाडी चलाउदै गर्दा विभिन्न कारणले ध्यान अन्यत्रै मोडिन सक्छ । सडक छेउमा विभिन्न प्रकारका म्युजिक सुनिन सक्छ । रेष्टुराँ र विभिन्न स्थानका पार्टी मनाइरहेका व्यक्तिहरुका कारण हल्ला हुन सक्छ । यसले गर्दा आफूलाई मात्र सडक प्रयोग गरिरहेका अन्य व्यक्तिलाई समेत असर पुग्न सक्छ । यसले गर्दा दुर्घटना पनि हुन सक्छ ।

कुनै व्यक्तिहरु रातीसम्म उत्सव मनाएर घर फर्किदा आफै नै ड्राइभ गर्छन् । कतिपयले त अल्कोहल सेवन गरेर उत्सव मनाउने र घर फर्किदा गाडी वा मोटरसाइकल चलाउने पनि गर्छन् । यसले गर्दा गम्भीर दुर्घटनाको सम्भावना हुन्छ । यो अवस्थामा त झन् सवारी साधन चलाउनु घातक हुन्छ ।

यदि न्यु इयर इभ मनाउनु नै छ भने अहिले विकल्पमा रहेका टुटल, पठाओ लगायतका विभिन्न राइड सेयरिङ सुविधाको प्रयोग गर्न सकिन्छ । नजिकै छ भने हिडेरै एक स्थानबाट अर्को स्थानमा पुग्न पनि सकिन्छ ।

सम्बन्धित समाचारहरू

कामदार संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण सुस्त

कामदार संक्रमित हुँदा नागढुंगा सुरुङ निर्माण सुस्त

काठमाडौं । देशभर कोरोनाको तेस्रो लहर फैलिरहँदा नागढुंगा सुरुङमार्गको...

सवारी साधनमा ह्विल लक लगाउनु कानुनसम्मत रहेको उच्च अदालत पाटनको ठहर

सवारी साधनमा ह्विल लक लगाउनु कानुनसम्मत रहेको उच्च अदालत पाटनको ठहर

काठमाडौं–सवारी साधनमा ‘ह्विल लक’ लगाउने नगर प्रहरी तथा ट्राफिक प्रहरीको...

काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

काठमाडौं महानगरमा निःशुल्क एम्बुलेन्स सेवा

दशैं बिदाको अवधिभरमा काठमाडौं महानगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...