बागमती प्रदेशभित्र गाडी भाडामा डिजिटल भुक्तानी प्रणालीको काम रोकियो
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको भाडा...
जापानले सार्वजनिक प्रयोगका लागि विश्वको पहिलो ड्युअल मोड गाडी अर्थात डीएमभीबाट सेवा सुरु गरेको छ । डीएमभी एउटा मिनीबस जस्तो देखिन्छ र रबर टायर प्रयोग गरेर सडकमा चलाउन सकिन्छ । सो गाडीमा स्टिलका पाङ्ग्रा पनि जडान गरिएको छ जुन इन्टरचेन्ज स्टेशनहरूमा ड्राइभ गर्न सकिन्छ ।
के छ विशेषता ?
मिडिया रिपोर्टका अनुसार विश्वको पहिलो डीएमभी जापानी शहर कायोमा ठूलो मात्रामा सर्वसाधारणका लागि लन्च गरिएको छ । यद्यपि सडकमा यो असाधारण नदेखिन सक्छ । तर इन्टरचेन्ज स्टेशनमा स्टिलका पाङग्राले अगाडिको रबरको टायरलाई जमिनबाट उठाउँछ, जबकि पछाडिको रबरको टायरले डीएमभीलाई रेल ट्रयाकमा धकेल्छ ।
स्पिड
आसा कोस्ट रेलवेका अनुसार कायोमा प्रस्तुत गरिएको डीएमभी सडकमा १०० किमी प्रतिघन्टाको गतिमा दौडन्छ र ट्रयाकमा अधिकतम ६० किमी प्रतिघन्टाको गतिमा दौड्न सक्छ । यसमा एक पटकमा २१ जना याुत्र बोक्ने क्षमता छ । पावरका लागि यसमा डिजेल इन्जिन दिइएको छ । यो विभिन्न रङमा उपलब्ध रहेको छ ।
डीएमभीको फाइदा
आसा कोस्ट रेलवेले जापानको दुर्गम भागहरूमा मानिसहरूलाई गतिशीलता पहुँच प्रदान गर्न मद्दत गर्न डीएमभीले अहम भुमिका हुने अपेक्षा गरेको छ । सीईओ शिगेकी मिउराका अनुसार डीएमभी स्थानीय मानिसहरूसम्म पुग्न र उनीहरूलाई रेलवेमा पनि लैजान सहज हुनेछ ।
वृद्ध व्यक्तिहरूको विशेष हेरचाह
ग्रामीण क्षेत्रका मानिसहरूका लागि यसको विशेष महत्व रहेको र विशेषगरी वृद्धवृद्धाहरूलाई मद्दत गर्ने मिउराको विश्वास छ । डीएमभी सेवाले यात्रुहरूलाई आंशिक रूपमा दक्षिणी जापानको शिकोकु टापुको तटमा प्राकृतिक दृश्य प्रदान गर्नेछ । यो पर्यटकको आम्दानीको स्रोत पनि बन्न सक्छ ।
बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले सवारी साधनको भाडा...
काठमाडौँ – विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन खोजी गरी...
बिगत तीन बर्षदेखि आयात मात्र हुँदै आएको रसुवागढी नाकाबाट निर्यात सुरु...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...