नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा : यस्ता छन् विशेषता

नेपालको पहिलो र एकमात्र राइड सेयरिङ बिमा पठाओमा उपलब्ध छ । पठाओले एभरेष्ट इन्स्योरेन्स सँगको  समन्वयमा राइडर र सेवाग्राही दुवैको  राइडको समयको दुर्घटना बिमा सुरु गरेको हो।

राइडर (चालक) र सेवाग्राही दुवैको सुनिश्चित र सुरक्षित राइडको अनुभव दिने उद्देश्यले 'राइड सेयरिङ बिमा' सुरु गरेको पठाओले मोबाइल एप मार्फत राइड रिक्वेस्ट नगरी अफलाइन यात्रा गर्दा बिमा माग दाबी गर्न नमिल्ने पठाओ नेपाल प्रालिका प्रवन्ध निर्देशक असिममान सिंह बस्न्यातले बताए ।

पठाओ एप मार्फत सहजीकरण गरि उपलब्ध सेवाहरु प्रयोग गर्ने सेवाग्राही तथा राइडर(चालक)हरुको १ लाखसम्मको दुर्घटना उपचार बिमा र सवारी दुर्घटनाका कारण  मृत्यु वा अपांगता हुन पुगेको खण्डमा ५ लाखसम्म बिमा दाबी गर्न सकिन्छ। दुर्घटना भएर उपचारको क्रममा मृत्यु भएमा ६ लाख सम्मको बिमा दावी गर्न सकिने बस्न्यात बताउँछन् ।

सेवाग्राहीले राइड सेयरिङ बिमा दाबी गर्न आफ्नै पठाओ अकाउन्टबाटै राइड बुक गरेको हुनुपर्ने, ब्यक्तिगत जानकारी सहि हुनुपर्ने र यात्रा सुरु गर्नुपुर्व राइडरको सवारी नम्बर र सवारीको मोडल पठाओ एपमा दर्ता भए बमोजिम छ कि छैन जाँच गरेर मात्र सवारी लिनुपर्ने, सेवाग्राही र राइडरको पठाओ एपमा ब्याक्तीगत बिवरण सहि हुनुपर्ने र दुर्घटना भएपश्चात सेवाग्राही तथा राइडर दुवैले १०० वा १०३ मा फोन गरेर प्रहरीलाई तत्काल खबर गर्नुपर्ने बताइएको छ। र, सोही दिन  पठाओमा  ०१-५९७००९९ मा फोन गरेर वा सामाजिक संजाल मार्फत खबर गरि र दुर्घटना भएकै दिन स्वास्थ्य संस्थामा जाँच गरेको अवस्थामा बिमा माग दावी गर्न सकिने बताइएको छ।

सम्बन्धित समाचारहरू

यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ आशीष गजुरेल अब प्रतिनिधि सभा सदस्य, सिन्धुलीबाट विजयी

यातायात र ट्राफिक व्यवस्थापनका विज्ञ आशीष गजुरेल अब प्रतिनिधि सभा सदस्य, सिन्धुलीबाट विजयी

काठमाडौं – यातायात र ट्राफिक व्यवस्थापका विज्ञ आशीष गजुरेल सिन्धुलीको...

सडक सुरक्षाको अपरिहार्य सूत्र: शून्य दुर्घटनाका लागि सामूहिक प्रतिबद्धता

सडक सुरक्षाको अपरिहार्य सूत्र: शून्य दुर्घटनाका लागि सामूहिक प्रतिबद्धता

नेपालको सडक सुरक्षाको अवस्थाले आज एक गम्भीर प्रश्न खडा गरेको छ । सरकारले...

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

इन्ड्राइभ, पठाओले अबदेखि पोखरा विमानस्थल भित्रबाटै यात्रुलाई सेवा दिन सक्ने

काठमाडौं – पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा यात्रुमाथि अमर्यादित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...