नेपाल भित्रियो युरोपियन प्रविधिमा निर्मित ९० हर्स पावरसम्म क्षमताको फर्मा ट्याक्टर

काठमाडौं – नेपाली बजारमा नयाँ ब्रान्डको ट्याक्टर ‘फर्मा’ सार्वजनिक भएको छ । युरोपियन प्रविधिमा आधारित भई भारतमा निर्मित यो ट्याक्टरलाई कृषि ग्रुप अन्तर्गतको यति टेक्निक फार्मले हिजो सार्वजनिक गरेको हो । अर्थमन्त्री जनार्दन शर्माले यो नयाँ ब्रान्डको ट्याक्टरलाई सार्वजनिक गरेका हुन् । कृषि कार्यमा प्रयोग हुने यो ट्याक्टर ४० हर्स पावरदेखि ९० हर्स पावर क्षमतासम्म उपलब्ध रहने बताइएको छ ।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको आधुनिकीकरणमा ट्याक्टर जस्ता आधुनिक उपकरणको भूमिका उल्लेख्य रहने भन्दै यस्ता साधनको उत्पादन नेपालमै गर्न आह्वान गरे । नेपालमा उत्पादन गर्दा विद्युत समेत सस्तो पर्ने र सरकारले निःशुल्क जग्गा उपलब्ध गराउने भन्दै उनले नेपालमा यस प्रकारका साधनको महत्व बढ्दै गएका कारण स्वदेशमै बजार लिन सजिलो हुने र यहाँ उत्पादन गरेर विदेशमा समेत निर्यात गर्न उत्पादक कम्पनीलाई सुझाव दिए ।

फर्मा ट्याक्टरमा आईस्मार्ट प्रविधि जडान गरिएको छ । जसका कारण हाल बजारमा उपलब्ध अन्य ब्रान्डको तुलनामा यो आधुनिक र सुविधासम्पन्न रहेको बताइएको छ । उक्त नयाँ प्रविधिका कारण इन्धन किफायती हुने र तेल सकिन लागेको संकेत पनि ट्याक्टर आफैले जानकारी प्रदान गर्ने बिक्रेता कमपनी यति टेक्निक फार्मका अध्यक्ष तेजविक्रम थापाले बताए ।

युरोपको रोमानियामा ७५ वर्षअघि स्थापना भएको उक्त ट्याक्टरलाई बीएस३ मापदण्डमा उत्पादन गरिएको छ । उक्त ट्याक्टर हाल देशका विभिन्न ६ सहरमा उपलब्ध हुने बताइएको छ ।

नेपालमा कृषि कार्यको साथै निर्माण र ढुवानीमा समेत ट्याक्टरको प्रयोग हुने गरेको पाइन्छ । भर्खरै ट्रयाक खुलेका ग्रामीण भेगका सडकमा समेत सहजै पुग्न सक्ने विशेषताका कारण पनि यस्ता साधनलाई ढुवानीमा बढी प्रयोग गर्ने गरेको पाइएको छ ।

सम्बन्धित समाचारहरू

८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

८० प्रतिशत सम्मको फाइनान्स सुविधामा अशोक लेल्यान्डका गाडी खरिद गर्न सकिने

अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक वितरक आइएमई मोटर्सले अधिक...

अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपालमा

अशोक लेल्याण्डको भाइकिङ १२एम प्राइम बस नेपालमा

काठमाडौं – अशोक लेल्याण्डको नेपालका लागि आधिकारिक वितरक आईएमई मोटर्सले...

अशोक लेल्यान्डको बस वा ट्रक/टिपर किन्दा -याफ्ट इलेक्ट्रिक स्कुटर, सुन वा सिंगापुर टुरको अफर

अशोक लेल्यान्डको बस वा ट्रक/टिपर किन्दा -याफ्ट इलेक्ट्रिक स्कुटर, सुन वा सिंगापुर टुरको अफर

काठमाडौं – नेपाली बजारमा उपलब्ध अशोक लेल्यान्ड ब्रान्डका बस वा ट्रक टिपर...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...