नेपाली बजारमा अब प्युजो ब्रान्डका स्कुटर (२ मोडलको मूल्य र फिचर सहित)
काठमाडौं – नेपाली बजारमा फ्रेन्च ब्रान्ड प्युजोका स्कुटर भित्रिएका छन् ।...
लामो समयदेखि भारतमा राज गरेको येज्दी बाइकले पुनरागमन गर्ने भएको छ । येज्दी बाइकले जावा मोटरसाइकलसँगको साझेदारी अन्त्य गरेपछि भारत फर्कने योजना बनाएको हो ।
जावा मोटरसाइकलले ट्वीटरमा येज्दीसँगको सम्बन्ध अन्त्य गरेको जानकारी दिएको छ । जावा र येज्दी लामो समयदेखि एउटै पहिचानका साथ काम गरिरहेका थिए । तर अब येज्दीले छुट्टै पहिचान स्थापित गर्ने उद्देश्यले जावासँगको साझेदारी अन्त्य गरेको हो ।
जावा र येज्दी ब्रान्डको पहिचान दिने कम्पनी क्लासिक लिजेन्ड्सका सह–संस्थापक अनुपम थारेजाले केही समयअघि ट्वीटरमा येज्दीलाई सांकेतिक भाषामा ह्यासट्याग वाई लेखि चाँडै पुनरागमन हुने जानकारी दिएका थिए ।
क्लासिक लिजेन्ड्सको स्वामित्व महिन्द्रा एण्ड महिन्द्रा लिमिटेड कम्पनीसँग रहेको छ । बीएसए कम्पनी यसको सहायक कम्पनी हो । महिन्द्रा एण्ड महिन्द्रा समूहले क्लासिक लिजेन्ड्समा लगानी गरेदेखि नै जावा, येज्दी र बीएसए मोटरसाइकल जस्ता ब्रान्ड पुनरागमन हुने चर्चा भइरहेको थियो । जावा मोटरसाइकल पुनरागमन भइसकेको छ भने येज्दी बाइकका लागि नयाँ मोडलको रुपमा यो वर्षको सुरुवातमा क्लासिक लेजेन्ड्सले येज्दी रोडकिङ ट्रेडमार्कको लागि आवेदन दिइसकेको छ ।
रिपोर्टका अनुसार नयाँ येज्दी नयाँ इन्जिनसहित लन्च गरिनेछ । पुरानो इन्जिनको तुलनामा यो कम सीसी हुनेछ । पुरानो येज्दीमा २५० सीसी इन्जिन थियो । टु स्ट्रोक एयर कुल्ड इन्जिनले १३ बीएचपीको पावर र २०.५ एनएमको टर्क जेनेरेट गथ्र्याे ।
त्यसैगरी हालै लिक भएको तस्बिर अनुसार रोयल इन्फिल्ड हिमालयन जस्तै एड्भेन्चर बाइक येज्दीले बजारमा ल्याउने चर्चा समेत चलेको छ । ट्यांकमा येज्दीको लोगो राखिएको र लिजेन्डरी येज्दी लेखिएको स्पष्टसँग देखिने तस्बिर समेत सार्वजनिक भएको छ । यसका आधारमा केही समयमै कुनै नयाँ मोडलका साथ बजारमा प्रवेश गर्ने तयारी येज्दीले गरिरहेको अनुमान लगाउन सकिन्छ ।
सन १९७० को दशकमा येज्दी बाइक निकै लोकप्रिय थियो । आयल किङको नामले सो बाइक भारतमा लन्च गरिएको थियो । यसको पेट्रोलसँग आयलको मिश्रण गरिन्थ्यो ।
काठमाडौं – नेपाली बजारमा फ्रेन्च ब्रान्ड प्युजोका स्कुटर भित्रिएका छन् ।...
पोखरामा महिन्द्रा गाडीको सर्भिस र स्पेयर पार्ट्स सहितको नयाँ आउटलेट पोखरा...
काठमाडौँ – भक्तपुरको सूर्यविनायक नगरपालिका-७ स्थित सुवर्णस्वरबाट...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...