नयाँ सब–४ मिटर एसयूभी बजारमा ल्याउने योजना बनाउदै स्कोडा

स्कोडा अटो इन्डियाले भारतीय बजारको लागि नयाँ सब–४ मिटर एसयूभीका लागि कार्य गरिरहेको छ । स्कोडा कम्पनी कम्प्याक्ट एसयूभी सेगमेन्टमा प्रवेश गर्ने सम्भावना रहेको छ । सो जानकारी स्कोडा अटोका बोर्ड अध्यक्ष थोमस शेफरले अटोकार इन्डियालाई दिएको उल्लेख गर्दै समाचार सार्वजनिक भएका छन् ।

स्कोडाले हालै फक्सवागन समूह भित्रको एमक्युबी एओ प्लेटफर्मको विकास गर्ने जिम्मा लिएको छ । सो प्लेटफर्म भारत, दक्षिण अमेरिका र दक्षिण अफ्रिका आदिमा प्रयोग गरिन्छ । यस प्लेटफर्ममा स्कोडा कुशाक र स्लाभियाका साथै फक्सवागन टाइगुन समेत विकास गरिएको छ ।

स्कोडाले सब ४ मिटर कार बजारमा ल्याउने सम्भाव्यतामा सक्रिय रूपमा अध्ययन गरिरहेको संकेत दिएको छ । स्कोडाका वरिष्ठ कार्यकारीले सब ४ मिटर सुरु गर्ने निर्णय एक बलियो बिजनेसमा निर्भर हुनेमा जोड दिएका छन् ।

स्कोडा अटो इन्डियाले यो वर्षको सुरुमा नयाँ स्कोडा कुशाक मिड साइज एसयूभी सार्वजनिक गरेको छ । कम्पनीले भारतमा यो २.० प्रोजेक्ट अन्तर्गत लन्च गरेको हो । कम्पनीले नयाँ सेडान स्कोडा स्लाभिया समेत लन्च गर्ने तयारी गरिरहेको छ ।

सम्बन्धित समाचारहरू

स्कोडाको पुरानो कुशाक र फेसलिफ्ट संस्करणमा के छ फरक ?

स्कोडाको पुरानो कुशाक र फेसलिफ्ट संस्करणमा के छ फरक ?

स्कोडाले कुशाकको फेसलिफ्ट संस्करण सार्बजनिक गरेको छ । नयाँ मोडलमा डिजाइन,...

फोटोन मोटर्सको शाखा अब नेपालगन्ज र बुटवलमा

फोटोन मोटर्सको शाखा अब नेपालगन्ज र बुटवलमा

काठमाडौं – एमएडब्लु वृद्धि कमर्सियल भेइकल्स प्रालिले आफ्नो नयाँ शाखाहरु...

स्कोडाको भारतमा ५ लाख युनिट कार उत्पादन, बिक्रीमा आयो उछाल

स्कोडाको भारतमा ५ लाख युनिट कार उत्पादन, बिक्रीमा आयो उछाल

स्कोडा अटोले भारतमा ५ लाख युनिट कार उत्पादनको नयाँ माइलस्टोन हासिल गरेको छ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...