महिन्द्रा एक्सयूभी ७०० ले पायो फाइभ स्टार सेफ्टी रेटिङ, भित्रिदै नेपाल

महिन्द्राले हालै भारतीय बजारमा उपलब्ध गराएको महिन्द्रा एक्सयूभी ७०० को बेस भेरिएन्ट एमएक्सले ग्लोबल एनक्याप क्र्यास टेस्टमा फाइभ स्टार प्राप्त गरेको छ ।

ग्लोबल न्युकार एसेसमेन्ट प्रोग्राम (जीएनक्याप) ले हालै गरेको क्र्यास टेस्टमा सो कारले एडल्ट सेफ्टीका लागि ५ स्टार र चाइल्ड सेफ्टीका लागि ४ स्टार रेटिङ प्राप्त गरेको हो । यो सँगै महिन्द्रा एक्सयूभी ७०० सबैभन्दा सुरक्षित कार मध्ये एक बनेको छ ।

हालै गरिएको एमएक्स भेरिएन्टमा ड्युअल एयरब्याग, एबीएस, ईबीडी, आइएसओफिक्स आदि फिचर उपलब्ध छन् । यसको हाइयर भेरिएन्टमा ईएससी, टीसीएस, एचएलए तथा एडेप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट र अटोनोमस इमर्जेन्सी ब्रेकिङ जस्ता फिचर उपलब्ध छन् । अन्य भेरिएन्टले पनि भविष्यमा यस्तै सुरक्षा रेटिङ पाउने अपेक्षा गरिएको छ ।

५ र ७ सिट क्षमतामा आएको महिन्द्रा एक्सयूभी ७०० मा २.२ लिटरको टर्बो डिजेल इन्जिन र २.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिन उपलब्ध हुनेछ । डिजेल इन्जिनले लगभग १८५ बीएचपी पावर र पेट्रोल इन्जिनले २०० बीएचपी पावर जेनेरेट गर्नेछ ।

नेपाली बजारमा पनि यो एसयूभी सके सम्म छिट्टै नै उपलब्ध गराउने तयारीका साथ कार्य भइरहेको बताइएको छ ।

सम्बन्धित समाचारहरू

महिन्द्रा थार अव १५०० सिसी डिजेल इन्जिनमा पनि, जनवरीवाट बिक्री शुरु हुने

महिन्द्रा थार अव १५०० सिसी डिजेल इन्जिनमा पनि, जनवरीवाट बिक्री शुरु हुने

महिन्द्राले आफ्नो लोकप्रिय अफरोड एसयूभी थारलाई नयाँ पावर ट्रेनमा उतार्ने...

जावा मोटरसाइकलको बीएस६ मोडल अब नेपाली बजारमा, क्रस पोट लेआउटको व्यवस्था

जावा मोटरसाइकलको बीएस६ मोडल अब नेपाली बजारमा, क्रस पोट लेआउटको व्यवस्था

काठमाडौं – नेपालका लागि क्लासिक लिजेन्ड्सको अधिकृत वितरक एवं अग्नि...

टाटालाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

टाटालाई पछि पार्दै महिन्द्रा बन्यो भारतको दोस्रो ठूलो कार निर्माता

सन् २०२५ महिन्द्रा एण्ड महिन्द्राका लागि ऐतिहासिक वर्ष बनेको छ। कम्पनीले...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...