स्कोडा स्लाभिया डिजाइन स्केच सार्वजनिक, ग्लोबल लन्च आगामी नोभेम्बर १८ मा

स्कोडाले बजारमा ल्याउने तयारी गरिरहेको नयाँ सेडान स्कोडा स्लाभियाको स्केच सार्वजनिक गरेको छ । हाल बजारमा उपलब्ध स्कोडा -यापिडलाई प्रतिस्थापन गर्ने नयाँ एसयूभी आगामी नोभेम्बर १८ मा ग्लोबल डेब्यु गरिने छ ।

स्कोडा स्लाभिया एमक्युबी एओ आईएन प्लेटफर्ममा बन्ने दोस्रो कार हुनेछ । यो भन्दा पहिले बजारमा उपलब्ध स्कोडा कुशाक यही प्लेटफर्ममा आधारित छ । यसको मूल्य भने आगामी सन् २०२२ को मध्यतिर मात्रै सार्वजनिक हुने अनुमान गरिएको छ ।

स्केचका आधारमा स्कोडा स्लाभियाको एक्सटेरियर डिजाइनको वारेमा धेरै कुरा थाहा पाउन सकिन्छ । कारको लो फ्रन्ट इन्डमा फराकिलो हेक्सागोनल ग्रिलका साथै एल आकारको डे टाइम रनिङ लाइटसँगै स्लिक हेडलाइट रहेको छ । पछिल्लो भागमा स्लोपिङ रुफलाइन देख्न सकिन्छ । त्यसैगरी स्कोडाको सिग्नेचर सी–आकारको टेललाइट छ, जुन दुई भागमा विभाजन भएको छ र बुट सम्म फैलिएको छ ।

स्कोडा स्लाभियामा १.० लिटर र १.५ लिटर टीएसआई पेट्रोल इन्जिन गरी दुई इन्जिनको विकल्प हुनेछ । १.५ लिटर इन्जिनले १५० पीएसको पावर र २५० एनएम टर्क जेनेरेट गर्छ, जुन सेगमेन्टमै पावरफुल हुनेछ ।

स्कोडाले यो कारको फिचरको वारेमा जानकारी सार्वजनिक गरेको छैन । यद्यपि यसमा ६ एयरब्याग, डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टर, रियर पार्किङ क्यामेरा, क्रुज कन्ट्रोल र मल्टी–कोलिजन ब्रेक आदि उपलब्ध हुनेछन् । ।

सम्बन्धित समाचारहरू

नेपालका यी उद्योगपति र प्रतिष्ठित ब्यक्तिले खरिद गरे जिप -यांगलर

नेपालका यी उद्योगपति र प्रतिष्ठित ब्यक्तिले खरिद गरे जिप -यांगलर

अमेरिकन आइकनिक ब्रान्ड जिप -यांगलरलाई डेढ महिना अघि अमेरिकी राजदुत -यान्डी...

यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

यी कारको बिक्री बन्द भयो सन् २०२१ मा : इकोस्पोर्ट देखि यारिस सम्म

कोरोना महामारीका कारण सन् २०२१ सवारी साधन बजारमा निकै उतारचढाव आएको छ ।...

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम, थ्रीएस फेसिलिटी उपलब्ध हुने

बुटवलमा खुल्यो स्कोडाको नयाँ ‘स्टेट–अफ–द–आर्ट’ सोरुम, थ्रीएस फेसिलिटी उपलब्ध हुने

काठमाडौं – नेपालका लागि युरोपको चर्चित अटोमोबाइल ब्रान्ड स्कोडाको...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...