रे–जीआर १२५ एफआईको नेपालमा एक बर्ष पूरा, नयाँ स्कुटर खरिद गर्दा स्मार्ट हेल्मेट उपहार

यामाहाको लोकप्रिय स्कुटर रे–जीआर १२५ एफआईको बिक्री प्रारम्भ भएको १ बर्ष पूरा भएको छ । उक्त अवसर पारेर नेपालस्थित आधिकारिक बितरक एमएडब्लु इन्टरप्राइजेजले यो स्कुटर खरिद गर्ने ग्राहकलाई एकथान स्मार्ट हेलमेट प्रदान गर्ने बताएको छ ।

महंगो र अत्याधुनिक विशेषताको यो हेल्मेटमा राइडरले ब्लुटुथ कनेक्टिभिटी, नेभिगेसन एसिस्ट र कल एन्ड एसएमएस नोटिफिकेसन जस्ता फिचर्स चलाउन सक्नेछन् । स्मार्ट हेलमेटको साथमा हाल लागू हुँदै आएको दशैं तिहार स्किम समेत पाइने कम्पनीले बताएको छ । जस अन्तर्गत बम्परमा एकजना भाग्यशाली विजेताले १२ तोला सुन उपहार पाउनेछन् ।

फेस्टिभल सिजनमा यामाहा मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले स्क्र्याचमार्फत न्यूनतम ८ हजारदेखि १ लाख रुपैयाँसम्म स्योरसट छुट पाउनेछन् । त्यसैगरी लक्की ड्रमार्फत हरेक हप्ता एकजना भाग्यशाली विजेताले ४ तोला सुनको एक्का तास उपहारस्वरुप पाउने बताइएको छ । बम्परमा भने एकजना भाग्यशाली विजेताले ४ तोला तौल भएको तीनवटा एक्का तास अर्थात १२ तोला सुन उपहार पाउनेछन् ।

१२५ सीसी सेग्मेन्टमा सर्बाधिक रुचाइएको रे–जीआर स्ट्रिट ¥याली एडिसनमा समेत उपलब्ध रहँदै आएको छ । एफआई इन्जिनका कारण यो स्कुटरले सेग्मेन्टकै सर्बाधिक ५८ किलोमिटर प्रतिलिटर माइलेज प्रादन गर्ने दाबी गरिएको छ । साथै यसको पावर तथा पर्फमेन्स समेत उत्कृष्ट रहेको छ ।

यो स्कुटरमा एलईडी हेड लाइट, ब्रस गार्ड एलइडी टेल लाइट, ब्लुटुथ कनेक्टिभिटी र हाइब्रिड इन्जिन उपलब्ध गराइएको छ । यो स्कुटरको लुक्स समेत बजारमा उपलब्ध अन्य स्कुटरको तुलनामा पृथक खालको छ । जसलाई कम्पनीले मोटरसाइकलबाट प्रेरित डिजाइन भनेको छ ।

यामाहा रे–जीआर सन् २०२१ का लागि स्कुटर अफ दि इयर अवार्डबाट सम्मानित स्कुटर समेत हो । यो स्कुटरको बेस भेरिएन्टलाई २ लाख ४६ हजार ९ सय रुपैयाँमा खरिद गर्न सकिन्छ ।

नेपाली बजारमा गत वर्ष असोज ७ गते भर्चुअल माध्यमबाट पहिलो पटक सार्वजनिक गरिएको सो स्कुटर निकै नै रुचाइएको स्कुटर मध्ये एक हो ।

सम्बन्धित समाचारहरू

बढ्यो यामाहा एमटी–१५ लगायत केही मोडलको मूल्य (सूची सहित)

बढ्यो यामाहा एमटी–१५ लगायत केही मोडलको मूल्य (सूची सहित)

काठमाडौं – यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु...

कस्तो होला यामाहा आर१५ भी४, यस्तो छ एक डिजाइनरको अनुमानित तस्बिर

कस्तो होला यामाहा आर१५ भी४, यस्तो छ एक डिजाइनरको अनुमानित तस्बिर

यामाहा आरवान फाइभ (आर१५) नेपाली युवाहरुका बीचमा समेत लोकप्रिय छ । १५०...

यामाहा रे जीआर र स्ट्रिट -याली अब हाइब्रिड टेक्नोलोजीमा

यामाहा रे जीआर र स्ट्रिट -याली अब हाइब्रिड टेक्नोलोजीमा

यामाहाले आफ्नो दुई लोकिप्रय मोडलका स्कुटरलाई हाइब्रिड टेक्नोलोजी सहित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...