अन्तर्राष्ट्रिय बजारका लागि सार्वजनिक भयो पियाजियो वान इलेक्ट्रिक स्कुटर

केही दिन पहिले बेइजिङ मोटर शोमा सार्वजनिक गरिएको पियाजियोको इलेक्ट्रिक स्कुटर विश्व बजारका लागि भर्चुअल रुपमा सार्वजनिक गरिएको छ ।

पियाजियो वान इलेक्ट्रिक स्कुटर अर्को महिनाको अन्त्य देखि नै युरोपेली बजारमा बिक्री प्रारम्भ गरिने बताइएको छ ।

यो स्कुटरको वारेमा धेरै तथ्य सार्वजनिक गरिएको छैन । यसमा हब माउन्टेड मोटर रहेको छ, जसले रिमुभेवल अन्डरसिट ब्याट्री प्याक रहेको छ । यसलाई झिकेर वा स्कुटरमै चार्ज गर्न सकिन्छ ।

केही दिन पहिले होन्डा, यामाहा र पियाजियो मिलेर स्वापेबल ब्याट्री प्याक ल्याउने घोषणा गरेका थिए । यो त्यही स्किम अन्तर्गतको ब्याट्री प्याक हो वा होइन भन्ने वारेमा भने अहिले केही बताइएको छैन ।

खुसीको कुरा के छ भने ब्याट्रीलाई सामान्य ५ एमपी सकेटबाट पनि चार्ज गर्न सकिन्छ । यद्यपि चार्ज गर्न कति समय लाग्छ भन्ने वारेमा भने केही बताइएको छैन । यसमा फास्ट चार्जिङ अप्सन पनि उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

यसमा यूएसबी चार्जिङ, एलईडी लाइटिङ र दुई वटा राइड मोड हुन सक्ने बताइएको छ ।

सम्बन्धित समाचारहरू

अर्को इलेक्ट्रिक बाइक : ओडिसी ब्रान्डको इभोकस

अर्को इलेक्ट्रिक बाइक : ओडिसी ब्रान्डको इभोकस

ओडिसी ब्रान्डको नयाँ इलेक्ट्रिक बाइक इभोकस नेपाली बजारमा भित्रिएको छ ।...

२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

२३ लाखमै पाइने भयो थप सुरक्षित हेनरी मिनीकार

काठमाडौं – भृकुटीमण्डपमा आज प्रारम्भ भएको ईभी एक्सपोमा हेनरीको मिनीकार...

फुल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने टाटा कर्भ ईभीको एक्स सिरिज लन्च

फुल चार्जमा ५०२ किलोमिटर रेन्ज दिने टाटा कर्भ ईभीको एक्स सिरिज लन्च

टाटा मोटर्सले आफ्नो पहिलो कुपे शैलीको एसयूभी टाटा कर्भ ईभीको नयाँ एक्स...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...