ह्यावल जोलियन मोडलमा आकर्षक फिचर सहितको टप भेरिएन्ट नेपाल ल्याउँदै भीजी इम्पेक्स
काठमाडौं – नेपालमा ग्रेटवाल र ह्यावलका गाडीहरु बिक्री–वितरण गरिरहेको...
गत मार्च महिनामा वर्ल्ड प्रिमियर गरिएको स्कोडा कुशाक भारतमा जुन महिनामा सार्वजनिक गर्ने तयारी भइरहेको छ । यसको डेलिभरी जुलाई महिनामा हुनेछ । स्कोडाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेजले साउन महिनामा सो एसयूभी ल्याउने तयारी गरिरहेको छ ।
स्कोडाको सो एसयूभीको नाम कुशाक राख्नुमा पनि कारण छ । कुशाक संस्कृत शब्द हो । यसको अर्थ ‘राजा’ वा ‘शासक’ हुन्छ । स्कोडाले आफ्नो नयाँ उत्पादनको नाम जहिले पनि अंग्रेजी ‘के’ अल्फाबेटबाट राखेको पाइन्छ । जस्तो कि कोडियाक, कारोक, कमिक आदि । यसले गर्दा के अल्फाबेटसँग स्कोडाको विशेष लगाव रहेको पाइन्छ ।
तर कुशाकको नाम राख्दा भने यसमा ९५ प्रतिशत स्थानीयकरण पनि गरिएको छ । जसका कारण यसको पार्ट्स तुलनात्मक रुपमा सस्तो र प्रतिस्पर्धी मूल्यमा उपलब्ध हुने अपेक्षा गरिएको छ । फक्सवागन ग्रुपको प्रोजेक्ट २.० अन्तर्गत कुशाक पहिलो एसयूभी हुनेछ । यो स्कोडाको एमक्यूबी एओ–इन प्लेटफर्ममा आधारित छ । यसकारण सो एसयूभीमा ग्राहकको आवश्यकतालाई मनन गरी विभिन्न फिचर दिइएको बताइएको छ ।
स्कोडाले सबैभन्दा पहिले अटो एक्सपो २०२० मा यसलाई भिजन आईएन कन्सेप्टको रुपमा सार्वजनिक गरेको थियो ।
के स्कोडा कुशाक नाम जस्तै साँच्चिकै एसयूभीको राजा वा शासक (एसयूभी किङ) बन्ला त ? अन्य प्रतिस्पर्धिहरुको तुलनामा पावर उही भए पनि यसको टर्क उच्च छ । यसले गर्दा पुलिङ पावर र अन्य विभिन्न क्षमता राम्रो हुने बताइएको छ । यही कुरालाई मनन गरी कम्पनीले पनि यसबाट धेरै आशा गरेको बताएको छ ।
बजारमा उपलब्ध भए पश्चात आगामी दिनमा अवश्य नै वास्तविकता थाहा हुनेछ ।
काठमाडौं – नेपालमा ग्रेटवाल र ह्यावलका गाडीहरु बिक्री–वितरण गरिरहेको...
काठमाडौं – नेपालका लागि जिपको आधिकारिक विक्रेता एमएडब्लु लाइफले पुरानो...
स्कोडाले आफ्नो लोकप्रिय सेडान सुपर्वको चौथो जेनेरेशन बजारमा ल्याउने भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...