नेपाल आउन नपाउदै भारतमा बढ्यो रेनो काइगरको मूल्य

नेपाल ल्याउने तयारी भइरहेको र बुकिङ खुल्ने समयमा निषेधाज्ञा भएका कारण रेनो काइगर नेपालमा आउन सकेको छैन । यसै सन्दर्भमा भारतमा भने यसको मूल्य वृद्धि भएको घोषणा गरिएको छ ।

भारतमा भेरिएन्ट अनुसार रेनो काइगरको मूल्यमा ३ हजार देखि ३३ हजार भारु सम्म मूल्य वृद्धि गरिएको छ ।

रेनो काइगर सीएमएफ–ए प्लस प्लेटफर्ममा विकसित गरिएको सब फोर मिटर एसयूभी हो । नेपालका लागि रेनोको आधिकारिक वितरक एड्भान्स्ड अटोमोबाइल्सले रेनो काइगर छिट्टै नै नेपाली बजारमा उपलब्ध गराउने बताएको छ । विशेषत युवा पुस्तालाई ध्यानमा राखेर रेनो काइगर बजारमा सार्वजनिक गरिएको हो । 

रेनो काइगर दुई पेट्रोल इन्जिन र तीन ट्रान्समिसन अपसनमा उपलब्ध हुनेछ । १.० लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिनले ७१ बीएचपी पावर र ९६ एनएम टर्क जेनेरेट गर्छ भने १.० लिटर टर्बोचार्ज्ड पेट्रोल इन्जिनले ९८ बीएचपी पावर र १६० एनएम टर्क जेनेरेट गर्छ । यसलाई ५ स्पीड म्यानुअल र सिभीटी गियरबक्समा सार्वजनिक गरिएको छ । रेनो क्विडबाट प्रेरित एसयूभी रेनो काइगरमा १६ इन्चको अलोय ह्विल दिइएको छ जसले गर्दा सो एसयूभी आकर्षक ड्युअल टोन डिजाइनमा देखिएको छ ।

रेनो काइगरमा स्प्लीट हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, स्पोर्टी रुफलाइन, ग्रे कलरको रुफरेल, सि सेप्ड एलइडी टेलल्याम्प, हाइ माउन्टेड टपल्याम्प, अगाडि र पछाडि दिइएको स्कीड प्लेट, व्ल्याक ह्वील आर्क, ड्यूल टोन ड्यासबोर्ड जस्ता फिचर पाउन सकिन्छ । त्यसैगरी यसमा ८ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम उपलब्ध छ जसले वायरलेस एप्पल कार प्ले र एन्ड्रोइड अटो सपोर्ट गर्दछ । यसका साथै काइगरमा ७ इन्चको फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टी फङ्गशनल स्टेरिङ, क्रुज कन्ट्रोल लगायतका  फिचर पनि पाउन सकिन्छ ।

सम्बन्धित समाचारहरू

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

चाँडै लन्च हुँदै रेनोको पहिलो इलेक्ट्रिक एसयूभी, फुल चार्जमा ४५० किलोमिटर

फ्रान्सको कार निर्माता कम्पनी रेनोले पहिलो इलेक्ट्रिक एसयूभी मेगेन ई–टेक...

क्विड ईभीको परिक्षण तिब्र, यस्तो छ विशेषता

क्विड ईभीको परिक्षण तिब्र, यस्तो छ विशेषता

फ्रेन्च अटो निर्माता रेनोले १ वर्षअघि सार्बजनिक गरेको क्विड ईभी अहिले...

नयाँ रेनो डस्टर मार्च १७ मा लन्च हुँदै, स्ट्रोङ हाइब्रिडसहित ३ इन्जिन विकल्प उपलब्ध हुने

नयाँ रेनो डस्टर मार्च १७ मा लन्च हुँदै, स्ट्रोङ हाइब्रिडसहित ३ इन्जिन विकल्प उपलब्ध हुने

फ्रान्सेली अटो निर्माता कम्पनी रेनाेले नयाँ पुस्ताको डस्टर आगामी मार्च १७...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...