रोयल इन्फिल्डले ल्याउँदै छ नयाँ बाइक हन्टर ३५०, होन्डा र जावाका बाइकसँग प्रतिस्पर्धा हुने

रोयल इन्फिल्डले प्रतिस्पर्धात्मक बजारका लागि नयाँ बाइक उपलब्ध गराउने तयारीका साथ कार्य गरिरहेको छ । सो नयाँ बाइकको नाम रोयल इन्फिल्ड हन्टर ३५० राखिएको छ । सो बाइकमा सानो ह्यान्डलबारको साथमा फ्ल्याट फ्युल ट्यांक समावेश गरिएको छ । यसको साथै सो बाइकमा स्पोर्टी राइडिङ पोजिशनको लागि मिड सेट फुटपेग उपलब्ध रहेको छ ।

हाल बजारमा प्रतिस्पर्धाका लागि तयार होन्डा र जावाका बाइकसँग यो बाइकको प्रतिस्पर्धा हुनेछ ।

नयाँ आरई हन्टर ३५० नयाँ मड्युलर जे प्लेटफर्ममा आधारित हुनेछ । बाइकको फ्रन्टमा पारम्पारिक टेलिस्कोपिक फोर्क्स र रियरमा ट्वीन सक उपलब्ध रहेको छ । सो बाइकमा नयाँ ३४९ सीसी, एयरकुल्ड इन्जिन उपलब्ध रहेको छ । सो बाइकमा ब्यालेन्सर साफ्टले लेस हुनेछ जसले बाइकको भाइब्रेसनलाई कम गर्नेछ । नयाँ बाइकको इन्जिनले अधिकतम २० बीएचपीको पावर र २७ एनएमको टर्क जेनेरेट गर्छ ।

नयाँ आरई हन्टर ३५० बाइकमा पुरानै अलोय ह्वील समावेश गरिएको छ । साथै सानो एक्जस्ट, फ्रन्ट मडगार्डको साथमा गोलो हेडल्याम्प र डिस्क ब्रेक समावेश गरिएको छ । नयाँ बाइकमा रोयल इन्फिल्ड बाइकमा राखिएको नयाँ प्रविधि ट्रिपर नेभिगेसन सिस्टमको साथमा ट्वीन पड इन्स्ट्रयुमेन्ट कन्सोल उपलब्ध रहेको छ । बाइकमा ड्युअल च्यानल एबीएस सिस्टम स्ट्यान्डर्ड समावेश गरिएको छ ।

हाल बजारमा रोयल इन्फिल्डको ६५० र ३५० सीसीको बाइक उपलब्ध रहेको छ । भविष्यमा सो बाइकमा केही परिवर्तन गरिने सम्भावना रहेको छ । कम्पनीले हालै मेटियर ३५० क्रुजर बाइक सार्वजनिक गरेको थियो । कम्पनीको सो बाइक नयाँ प्लेटफर्ममा तयार पारिएको हो, साथै यसमा नयाँ इन्जिन समावेश गरिएको छ ।

त्यसैगरी कम्पनीले नेक्स्ट जेनेरेसन क्लासिक ३५० लन्च गर्ने तयारीमा रहेको छ । यसमा मेटियर ३५० मा प्रयोग गरिएको प्लेटफर्म र इन्जिन प्रयोग गरिनेछ ।

सम्बन्धित समाचारहरू

२०२३ मा रोयल इनफिल्ड : मूल्यका कारण नेपालमा चर्चित वने यी ४ मोडल

२०२३ मा रोयल इनफिल्ड : मूल्यका कारण नेपालमा चर्चित वने यी ४ मोडल

काठमाडौं– वर्ष २०२३ टु–ह्विलर बजारका लागी खासै सुखद हुन सकेन । आर्थिक...

दुगडले सक्यो रोयल इन्फिल्डको स्टक, स्पेयर पार्ट्सको मौज्दात भने पर्याप्त

दुगडले सक्यो रोयल इन्फिल्डको स्टक, स्पेयर पार्ट्सको मौज्दात भने पर्याप्त

रोयल इन्फिल्डको पुरानो बिक्रेता दुगड समुह अन्तर्गतको विवेक...

रोयल इन्फिल्डको फ्ल्यागशिप क्रुजर मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक

रोयल इन्फिल्डको फ्ल्यागशिप क्रुजर मोटरसाइकल सुपर मेटियर ६५० सार्वजनिक

रोयल इन्फिल्डले ईआईसीएमए २०२२ मा आफ्नो नयाँ सुपर मेटियर ६५० बाइक...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...