निषेधाज्ञाको असर : स्थगित भयो भोलि हुने भनिएको प्रोटोन एक्स७० को भर्चुअल लन्च

काठमाडौं – भोलि अर्थात बैशाख १५ मा हुने घोषणा गरिएको प्रोटोन एक्स७० को भर्चुअल लन्च स्थगित भएको छ । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्सले एक सुचना प्रकाशित गरी यसको जानकारी गराएको छ ।

सरकारले बैशाख १६ गते देखि लागू हुने गरी जारी गरिएको निषेधाज्ञालाई मध्यनजर गरी सो कार्यक्रम स्थगित गरिएको बताइएको छ ।

मलेसियामा १.८ टीजीडीआई इन्जिनमा प्रोटोन एक्स७० उपलब्ध छ । नेपाली बजारमा भने प्रोटोन एक्स७० १.५ लिटर टीजीडीआई टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिनमा उपलब्ध छ, जसले २५५ एनएमको टर्क जेनेरेट गर्छ । यो सेगमेन्टमै सबैभन्दा धेरै टर्क हो । त्यसैगरी भल्वो र जिलीको सहकार्यमा विकास गरिएको र यसमा भएको ७–स्पिड डीसीटी ट्रान्समिसनले थोरै सिफ्ट रेस्पोन्स टाइममै धेरै इफिसियन्सी दिन्छ । नेपाली सडकलाई उपयुक्त हुने गरी यसमा टु ह्विल र फोर ह्विल दुवै ड्राइभ अप्सन प्रयोग गर्न सकिने बनाइएको छ ।

अन्तर्राष्ट्रिय मिडिया र कम्पनीको वेबसाइटमा उल्लेख गरिए अनुसार यो गाडीमा ६ एयरब्याग, ईबीएस र बीए सहितको एबीएस, अटो हेडलाइट र वाइपर, फ्रन्ट डोर ह्यान्डलमा रहेको एक्टिभ टच सेन्सर सहितको किलेस इन्ट्री, पुस स्टार्ट, ३६० डिग्री क्यामेरा, ८ स्पिकर, ८ इन्चको इन्फोटेनमेन्ट स्क्रिन, अटोनोमस इमर्जेन्सी ब्रेकिङ, एडेप्टिभ क्रुज कन्ट्रोल, स्मार्ट एयर प्युरिफायर सिस्टम सहितको क्लाइमेट कन्ट्रोल, इलेक्ट्रिकल्ली फोल्डेबल विङ मिरर, एलईडी डीआरएल सहितको एलईडी प्रोजेक्टर हेडल्याम्प, एलईडी फगल्याम्प र १८ इन्चको अलोय ह्विल आदि फिचर उपलब्ध छन् ।

सम्बन्धित समाचारहरू

टीभीएस बाइकमा हुने अपाचे सिरिजको अर्थ के हो ? अनि आरटीएफआई र आरटीआरको ?

टीभीएस बाइकमा हुने अपाचे सिरिजको अर्थ के हो ? अनि आरटीएफआई र आरटीआरको ?

नेपाली बजारमा समेत धेरै बिक्री हुने मोटरसाइकल मध्ये टीभीएसको ‘अपाचे’ मोडल...

‘बिक्री पछिको सेवामा गरिएको लगानीले टीभीएसलाई स्थापित गरायो’ दीपक अग्रवालको अनुभव

‘बिक्री पछिको सेवामा गरिएको लगानीले टीभीएसलाई स्थापित गरायो’ दीपक अग्रवालको अनुभव

एक दशक अटोमोवाइल क्षेत्रमा काम गरेको अनुभव संगाल्दै दुई साताअघि जगदम्बा...

टीभीएस रेडरमा ९ हजार र एनटर्कमा ८ हजार मूल्य वृद्धि : यस्तो छ सबै मोडलकोे नयाँ मूल्य सूची

टीभीएस रेडरमा ९ हजार र एनटर्कमा ८ हजार मूल्य वृद्धि : यस्तो छ सबै मोडलकोे नयाँ मूल्य सूची

काठमाडौं – नेपाली बजारमा टीभीएस मोटरसाइकल र स्कुटरको मूल्य वृद्धि भएको छ ।...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...