भेस्पाको हन्ड्रेड कस्टमर रिक्रियसन राइड सम्पन्न

काठमाडौं – नेपालमा भेस्पाका लागि आधिकारिक बिक्रेता दुगड ब्रदर्स एन्ड सन्स प्रालिले ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने उद्देश्यले हन्ड्रेड कस्टमर रिक्रियसन राइड आयोजना गरेको छ ।

गत शनिबार भेस्पा शोरुम नक्सालदेखि सिन्धुपाल्चोकको सुकुटे बिचसम्म आयोजना गरिएको राइडमा युवाहरुको आकर्षण देखिएको थियो । ग्राहकलाई एकै ठाउँमा जोडेर आत्मीयता बढाउन राइड सफल भएको कम्पनीले जनाएको छ । ग्राहकबीच अन्तरक्रिया गराउने, भेइकलको परफमेन्स र रिभ्यु गर्ने लक्ष्यसहित राइड आयोजना गरेको प्रालिका उपाध्यक्ष विजय महतोले बताए ।

महतोले भेस्पा प्रिमियम प्रोडक्ट भएको बताए । भेस्पा ब्रान्डलाई थप परिचित गराउन पनि राइड सफल भएको उनले बताए ।

राइडमा सहभागी सम्पूर्ण ग्राहकहरु खुसी भएको कम्पनीका मार्केटिङ म्यानेजर करुणा पुडासैनीले बताइन् । भेष्पा प्रिमियम प्रोडक्टप्रति नेपाली ग्राहकको आकर्षण बढिरहेको उनले दाबी गरिन् ।

भेस्पा राइडमा कम्पनीले मनोरन्जनका लागि थ्री लेग गेम, रोप पुलिङ, क्यारी योर पार्टनर रेस, भलिबल र कम्युनिकेसन ग्याप लगायतका खेलहरु आयोजना गरेको थियो । खेलमा सहभागी राइडरहरुलाई विभिन्न उपहार समेत प्रदान गरिएको एमभी दुगड ग्रुपले जनाएको छ ।

सम्बन्धित समाचारहरू

कान्तिपथमा खुल्यो भेस्पा अप्रिलियाको नयाँ शोरुम

कान्तिपथमा खुल्यो भेस्पा अप्रिलियाको नयाँ शोरुम

काठमाडौं – भेस्पा र अप्रिलियाको नेपालका लागि आधिकारिक वितरक डेल्टा...

बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य

बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको मूल्य बढ्दै : यस्तो छ हालको मूल्य

काठमाडौं – नेपाली बजारमा आगामी बैशाख १५ देखि भेस्पा र अप्रिलिया स्कुटरको...

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

भेस्पा र अप्रिलिया स्कुटरको सर्भिस क्याम्पमा ओईएम पार्टनरको रुपमा गल्फ लुब्रिकेन्ट

काठमाडौं – नेपालमा गल्फ लुब्रिकेन्टको उत्पादन र वितरण गर्ने गल्फ...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...