पिरेली र बीकेटीबीच भारतमै कारका टायर उत्पादन गर्न साझेदारी
काठमाडौं–इटलीको टायर उत्पादक कम्पनी पिरेलीले भारतको बालकृष्ण...
इलेक्ट्रिक सवारी साधनका लागि आवश्यक स्वापेबल ब्याट्री स्ट्यान्डर्ड निर्माण गर्ने वारेमा चार मुख्य मोटरसाइकल ओईएमले एक सम्झौता गरेका छन् ।
सो सम्झौता अनुसार होन्डा, यामाहा, केटीएम र पियाजियोले यस सम्बन्धी सम्झौता गर्ने समझदारी गरेका छन् । यसका लागि स्वापेबल ब्याट्री कन्सोर्टियम निर्माण गरिने छ, जसले मोटरसाइकल र हलुका इलेक्ट्रिक सवारी साधनका लागि कार्य गर्नेछ ।
इलेक्ट्रिक मोबिलिटीलाई अन्तर्राष्ट्रिय रुपमा विकास गर्नका लागि हाल भइरहेका अप्ठ्याराहरुलाई हटाउने गरी आवश्यक कार्य गर्ने समेत यी चार कम्पनीले योजना बनाएका छन् ।
यो भन्दा पहिले होन्डा र यामाहाले सुजुकी र कावासाकीसँग मिलेर यस सम्बन्धी नयाँ प्रविधि विकास गर्ने घोषणाका साथ अगाडि बढिसकेका छन् । अब होन्डा र यामाहाको केटीएम र पियाजियोसँगको समझदारीले स्वापेबल ब्याट्री सिस्टमका लागि टेक्निकल स्पेसिफिकेसनलाई अझै प्रस्ट्याउने छ ।
चारै कम्पनीले जारी गरेको प्रेस विज्ञप्ति अनुसार यस अन्तर्गत मोपेड, मोटरसाइकल, ट्राइसाइकल र क्वाड्रिसाइकलका लागि समेत यसले फाइदा पुग्ने छ । यसका लागि इन्टरनेसनल टेक्निकल स्ट्यान्डर्डको विकास समेत गरिने छ ।
योजना अनुसार अगाडि बढेमा आगामी मे २०२१ देखि नै यसतर्फको कार्य शुरु हुनेछ । त्यसपछि इलेक्ट्रिक सवारी साधनको प्रयोग बढाउनका लागि आवश्यक प्राविधिक पक्षमा सुधार गर्नका लागि आवश्यक कार्ययोजना तयार हुनेछ । यस अन्तर्गत ती सवारी साधनलाई टिकाउ बनाउन, चार्जिङ समयमा सुधार गर्न, पूर्वाधार विकास गर्न र ग्राहकले सस्तो मूल्यमा उपयोग गर्न सकिने बनाउनका लागि विभिन्न उपायको खोजी गरिने छ ।
यसबाट भविष्यमा कम्बसन इन्जिनयुक्त गाडीबाट इलेक्ट्रिक गाडीको प्रयोगतर्फ अगाडि बढ्नका लागि आवश्यक संयन्त्रको विकास हुने विश्वास गरिएको छ ।
यी चार कम्पनीले यसका लागि अन्य जुनसुकै कम्पनीले पनि सहकार्य गर्न सक्ने बताएका छन् । यद्यपि यो योजना सफल होला वा नहोला ? भविष्यमा इलेक्ट्रिक सवारी साधनलाई अहिले भन्दा फरक तरिकाले प्रयोग गर्न सकिएला त ? यसका लागि भने केही वर्ष कुर्नै पर्ने देखिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...