नेपाल आयो स्कुटरको एसयूभी ‘रिभर इन्डी’, नाइमा मोबिलिटी एक्सपोमा सार्बजनिक हुने
काठमाडौं–नेपालको विद्युतीय दुई–पांग्रे बजारमा एउटा नयाँ प्रिमियम...
भारतमा टाटा मोटर्सको टाटा नेक्सन ईभी सबैभन्दा बढी बिक्री हुने इलेक्ट्रिक कम्प्याक्ट एसयूभी बनेको छ । २०२० मा टाटा नेक्सन ईभी २६०० भन्दा बढी युनिट बिक्री भएको थियो ।
नेक्सन ईभी २८ जनवरी २०२० मा लन्च गरिएको थियो । यद्यपि सो कारको बिक्री मार्चमा सुरु भएको थियो । त्यसपछि कोरोनाको महामारीको कारण सो कारको बिक्रीमा रोकावट आएको थियो ।
टाटा मोटर्सले यो वर्ष नेक्सन ईभी २६०२ युनिट बिक्री गरेको थियो । सो कार कुल ४१३७ युनिट बिक्री गरेको थियो । जसको मतलब नेक्सन ईभीको बजार हिस्सा लगभग ६३ प्रतिशत रहेको छ ।
२०२० मा एमजी जेडएस ईभी १२४३ युनिट बिक्री भएको थियो । जसको बजार हिस्सा ३० प्रतिशत रहेको छ । हुन्डाई कम्पनीले पनि कोना इलेक्ट्रिक कार १८३ युनिट बिक्री गरेको थियो भने टिगोर ईभी १०० युनिट बिक्री गरेको थियो । महिन्द्रा ई–भेरिटो भने ९ युनिट मात्र बिक्री गर्न सफल भएको थियो ।
नेक्सन ईभीमा ३०.२ केडब्ल्युएच लिथियम आयोन ब्याट्री समावेश गरिएको छ । जसले १२७ बीएचपीको पावर र २४५ एनएमको टर्क जेनेरेट गर्छ । कम्पनीले नेक्सन इलेक्ट्रिक कार ९.९ सेकेन्डमा ० देखि १०० किलोमिटर प्रति घन्टाको स्पिड लिने दावी गरेको छ ।
नेक्सन ईभीमा प्रयोग गरिएको व्याट्री फुल चार्जिङमा ३१२ किलोमिटर भन्दा बढी रेन्ज तय गर्छ । सो आँकडा एआरएआईले प्रमाणित गरेको हो । सो इलेक्ट्रिक कारमा फास्ट चार्जिङको क्षमता पनि रहेको छ । सो व्याट्री १ घन्टामा डीसी फास्ट चार्जरको प्रयोगले ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै स्ट्यान्डर्ड एसी चार्जरको प्रयोग गरी ८ देखि ९ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...