यसवर्ष दसैँमा उपत्यकामा सवारी दुर्घटना घट्यो
दसैँका समयमा काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा उल्लेख्य कमी आएको छ । गत...
काठमाडौं– यातायात व्यवस्था विभागले सवारी अनुमतिपत्र (लाइसेन्स) को परीक्षा खुलाउने विषयमा प्रदेशका यातायात कार्यालयसँग छलफल सुरु गरेको छ । कोरोना महामारीका कारण सुरु भएको लकडाउनसँगै बन्द भएको सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा खुलाउनका लागि प्रदेशका यातायात कार्यालयसँग विभागले छलफल सुरु गरेको हो ।
प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र त्यसको मातहतमा रहेका यातायात कार्यालयको माग अनुसार सवारी चालक अनुमति पत्रको लिखित र ट्रायल परीक्षा खुलाउने विषयमा यातायात कार्यालयहरुसँग छलफल भैरहेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।
‘हामीले लाइसेन्सको आवेदन खुला गर्ने विषयमा यातायात कार्यालयहरुसँग समन्वय गरिरहेका छौं,’ हमालले भने, ‘अबको एक महिनामा लाइसेन्सको आवेदन खुला गर्छौं ।’
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...