बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
काठमाडौं – नेपालका लागि टीभीएस बाइक तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले हिजो कात्तिक ३ गते सोमबार एकै दिन ८२५ बाइक तथा स्कुटर बिक्री गरेको छ ।
टीभीएसले नेपालमा एकै दिन यति धेरै बाइक तथा स्कुटर बिक्री गरेर रेकर्ड कायम गरेको हो ।
देशभर रहेका आफ्ना १३२ शोरुमहरुबाट ती बाइक तथा स्कुटर बिक्री गरिएको जगदम्बा मोटर्सले जनाएको छ ।
जगदम्बा मोटर्सका मार्केटिङ म्यानेजर नवराज कोइरालाले एकै दिन यति धेरै युनिट बिक्री गर्न सफल भएकोमा खुसी ब्यक्त गर्दै ग्राहकको विश्वास र टीभीएसको गुणस्तरीय उत्पादनका कारण यो सबै सम्भव भएको बताए ।
यो दिन धेरै बिक्री भएका मोडलमा अपाचे आरटीआर २०० फोर भी स्मार्ट कनेक्ट र एबीएस, १६० एबीएस र स्मार्ट कनेक्टसहितको मोडल तथा एनटर्क १२५ को हिस्सा सबैभन्दा धेरै रहेको कोइरालाले बताए ।
भारतको चर्चित टु ह्विलर ब्रान्ड टीभीएस र नेपालस्थित आधिकारिक बितरक जगदम्बा मोटर्सले सहकार्य थालेको ५ बर्ष पुरा भएको छ । गत सेप्टेम्बर १५ अर्थात भदौ ३० गते यो ५ वर्षे सहकार्य पुरा भएको हो ।
यो अवधिमा टीभीएसको पहिचान नेपाली बजारमा एक उत्कृष्ट ब्रान्डका रुपमा स्थापित भएको छ । नेपाली बजारमा बिगत लामो समयदेखि कारोबार हुँदै आइरहे पनि गुमनाम प्रायः रहँदै आएको यो ब्रान्ड जगदम्बा मोटर्स मातहत आएपछि यसले पुनर्जन्म नै पाएको हो भन्दा फरक पर्दैन । हाल यो नेपाली बजारमा सर्बाधिक बिक्री हुने उत्कृष्ट ५ ब्रान्डका टु ह्विलरमा समावेश हुन सफल भएको छ ।
टीभीएस ब्रान्डका मोटरसाइकल तथा स्कुटर बलियो, मजबुत र उच्चतम पावर तथा पर्फमेन्सका कारण चर्चित मानिन्छन् । सबै बर्गका राइडर लक्षित मोडल उपलव्ध हुनु यसको अर्को महत्वपूर्ण विशेषता हो । नेपालमा खासगरी युवा पुस्ताले यो ब्रान्डलाई बढी रुचाएका छन् । आधुनिक डिजाइन, आकर्षक लुक्स र उच्चतम पावर तथा पर्फमेन्सका कारण युवा पुस्तामाझ यो ब्रान्ड लोकप्रिय बनेको हो ।
नेपाली बजारमा हाल यसका १ सय सीसीको एक्सएल १०० मोडलको मोपेडदेखि ३१० सीसी क्षमताको आरआर ३१० रेसिङ बाइकसम्म उपलव्ध छ । त्यसैगरी ५ फरक मोडलमा स्कुटर र २ मोडलका थ्री ह्विलरको समेत कारोबार हुँदै आइरहेको छ । तथापि अपाचे सिरिजका मोटरसाइकल र एनटर्क स्कुटर पछिल्लो समयका सर्बाधिक चर्चित उत्पादन हुन् । जुन युवा पुस्तामाझ निकै लोकप्रिय बनिरहेका छन् ।
जगदम्बा मोटर्सले हाल चाडपर्वको अवसरमा ‘टीभीएस दसैंको आशा’ नामक स्किम ल्याएको छ । यस योजनामा सहभागिता जनाउन टिभिएसको मोटरसाइकल खरिद गरेकै हुनु पर्ने भन्ने छैन । योजना अन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल खरिदमा नगद छुटको रूपमा ९ हजार र स्कूटरको खसरदमा ७ हजार रुपैयाँ नगद छुट प्राप्त गर्न सक्ने छन् भने ५० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्ने ग्राहकले शुन्य प्रतिशत ब्याजदरमा खरिद गर्न सक्ने छन् । यी दुई मध्ये कुनै एक स्किम ग्राहकले छनोट गर्न पाउने सुविधा कम्पनीले दिएको छ ।
बम्पर उपहारका रूपमा, हरेक हप्ता एक जनाले टीभीएस अपाचे आरआर ३१० बाइक जित्न सक्ने छन् । यो टीभीएसकै सबैभन्दा महंगो मोटरसाइकल हो । हरेक हप्ता हुने लक्की ड्रमा भागलिन चाहने जो कोहीले पनि https://tvsnepal.com/dashain/ मा गएर फारम भर्नु पर्ने छ । जसमा मोटरसाइकल नकिन्नेले पनि आफ्नो नाम रजिस्टर गर्न सक्ने छन् भने आरआर ३१० जित्ने अवसर पाउने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...