सडकको अवस्था जानकारी लिन क्युआर कोड स्क्यान गर्न सकिने, नेपाल प्रहरीले ल्यायो यस्तो सुविधा
काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...
सिद्धार्थ राजमार्गको सबैभन्दा जोखिमपूर्ण मानिने सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको काम ६५ प्रतिशत सम्पन्न भएको छ। आयोजनाको वित्तीय प्रगति ५६ प्रतिशत रहेको छ । १ हजार १२६ मिटर लम्बाइ भएको सुरुङ खन्ने कार्य भने सम्पन्न भएको हो।
ऊर्जा, जलस्रोत तथा सिँचाइ एवं भौतिक पूर्वाधार र सहरी विकास मन्त्री कुलमान घिसिङले आइतबार निर्माणस्थलको स्थलगत अनुगमन गरी कामलाई तीव्रता दिन निर्देशन दिएका छन् । मन्त्री घिसिङले आयोजना र निर्माण व्यवसायीबीच सुल्झिन बाँकी रहेका प्राविधिक तथा प्रशासनिक विषयलाई तत्काल टुङ्ग्याउन आग्रह गरे ।
निर्माण व्यवसायीले वन कटान र भुक्तानीमा भएको ढिलाइ जस्ता कारण देखाउँदै १९ महिना म्याद थपको माग गरेको सन्दर्भमा उनले निर्णय प्रक्रिया ढिलो गरेर आयोजना प्रभावित पार्न नहुनेमा जोड दिए ।
आयोजना अन्तर्गत तीन वटा बाइपास सुरुङको निर्माण पनि सम्पन्न भइसकेको छ भने हाल पहुँच सडक, भीर संरक्षण र रिटेनिङ वालको काम भइरहेको छ । ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ लागतमा चिनियाँ कम्पनीले निर्माण गरिरहेको यो सुरुङमार्ग चैत २०८३ भित्र सक्नुपर्ने सम्झौता छ । मुख्य सुरुङबाट सवारी साधन चल्न थालेपछि मात्र पहिरो रोक्नका लागि ७ सय ८० मिटर लामो ’रक सेड’ निर्माणको काम सुरु गरिनेछ ।
नेपाल सरकारको आफ्नै स्रोतमा निर्माणाधीन यो सुरुङमार्ग सञ्चालनमा आएपछि सिद्धबाबा क्षेत्रमा बर्सेनि हुने पहिरो र ढुङ्गा खस्ने समस्याबाट यात्रुले मुक्ति पाउनेछन् । यसले सिद्धार्थ राजमार्गको यात्रा सुरक्षित र छिटो बनाउनुका साथै सवारी दुर्घटनामा समेत उल्लेख्य कमी ल्याउने विश्वास गरिएको छ ।
काठमाडौं – अविरल वर्षाका कारण देशभरको अवस्था अस्तव्यस्त बनेको छ । यसका...
लामो समयदेखि ट्रकको पछाडि विभिन्न किसिमका कविता र नारा लेख्ने चलन छ । तर, यी...
काठमाडौं – अहिले दसैँका लागि काठमाडौँ उपत्यका छाडेर घर जाने यात्रु तथा...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...