लाइसेन्सको नवीकरण ढिलाइ गर्नाले लाग्न सक्छ ५ सय प्रतिशतसम्म जरिवाना

काभ्रेका दिनेश खड्का (नाम परिवर्तन) तीन वर्ष अघि वैदेशिक रोजगारीका लागि मलेसिया गए । मलेसिया जानुभन्दा पहिला नै उनकोे सवारी चालक अनुमति पत्र लाइसेन्सको म्याद सकिसकेको थियो ।

मलेसियाबाट फर्किएपछि उनले नयाँ मोटरसाइकल किन्ने सोच बनाए । नयाँ मोटरसाइकल किन्नका लागि लाइसेन्सको आवश्यकता प¥यो । तर, उनीसँग भएको लाइसेन्स नवीकरण नभएको ४ वर्ष भैसकेको थियो । त्यही कारण उनले मोटरसाइकल किन्न पाएनन् ।

त्यसपछि उनी लाइसेन्स नवीकरणका लागि गए । तर, त्यहाँ उनले सोचे जस्तो भएन । उनले जरिवानास्वरुप ४०० प्रतिशत बढी रकम तिर्नुपर्यो । मोटरसाइकलको लाइसेन्सको नवीकरणका लागि १ हजार ५ सय रुपैयाँ दस्तुर लाग्नेमा उनले ४ सय प्रतिशत बढी रकम तिर्नुपर्यो ।

सिन्धुलीका कृष्ण तामाङ (नाम परिवर्तन) को हालत पनि दिनेशको जस्तै भयो । कृष्णले ७ वर्ष अघि गाडीको लाइसेन्स निकालेका थिए । केही समय उनले गाडी चलाए । त्यसपछि उनले ड्राइभिङ पेसा छोडेर अन्य व्यवसायमा लागे । ७ वर्षसम्म उनलाई गाडीको लाइसेन्सको कुनै काम भएन ।

सात वर्षपछि उनले आप्mनै निजी गाडी किने । एकदिन उनी ट्राफिक चेकिङमा परे । लाइसेन्स डेट एक्स्पायर भैसकेको थियो । उनी ट्राफिक कारवाहीमा परे । त्यसपछि उनी लाइसेन्स नवीकरणका लागि यातायात कार्यालयमा गए । उनको लाइसेन्स नवीकरण नभएको २ वर्ष बितिसकेको थियो । त्यसले गर्दा उनले २ सय प्रतिशत जरिवाना तिर्नुपर्यो ।

माथिका दुई घटना प्रतिनिधि मात्र हन् । पछिल्लो समय विभिन्न कारणले लाइसेन्स नवीकरणमा ढिलाई गर्नाले अनावश्यक रुपमा जरिवाना तिर्ने चालकहरु थुप्रै भेटिन्छन् । हेलचेक्राईँ, जरिवाना पर्छ भन्ने थाहा नहुँदा र नवीकरण गर्नुपर्ने मिति याद नुहँुदा धेरैजसो चालकहरु शतप्रतिशत जरिवानामा पर्ने गरेको यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमाल बताउँछन् ।

सवारी चालक अनुमति पत्रको नवीकरण कहिले गर्ने ? ढिलाई भए जरिवाना कति ?
सवारी चालक अनुमतिपत्रको नवीकरण कहिले गर्नुपर्छ र शुल्क जरिवाना के कति लाग्छ ? धेरैलाई थाहा नहुन सक्छ । त्यसैले धेरैजसोले लाइसेन्स नवीकरणमा आलटाल गरिरहेका हुन्छन् ।

हाल अवधि समाप्त भएको मितिले ९० दिनभित्र पनि सवारी चालक अनुमतिपत्र नवीकरण नगराएमा सो मिति समाप्त भएको एक वर्षसम्म १०० प्रतिशत, दुइ वर्षसम्म २०० प्रतिशत, तीन वर्षसम्म ३०० प्रतिशत, चार वर्षसम्म ४०० प्रतिशत र पाँच वर्षसम्म ५०० प्रतिशत थप जरिवाना र दस्तुरसमेत तिर्नुपर्नेछ ।

यस्तो नवीकरण पाँच वर्षका लागि कायम रहनेछ । पाँच वर्षम्म पनि नवीकरण नगराएको चालक अनुमतिपत्र स्वतः रद्ध हुनेछ र यस्तो अनुमतिपत्रको नवीकरण नहुने यातायात व्यवस्था विभागले जनाएको छ ।

सवारी चालक अनुमतिपत्रको नवीकरण दस्तुरवापत ठूला सवारीका लागि ३ हजार रुपैयाँ , मझौला सवारीका लागि २ हजार ५ सय रुपैयाँ, मोटरसाइकल, स्कुटर बाहेकका साना सवारीका लागि २ हजार रुपैयाँ र मोटरसाइकल, स्कुटरका लागि १५०० रुपैयाँ लाग्नेछ । तर एउटै चालक अनुमतिपत्रमा एकभन्दा बढी किसिमका सवारी चलाउने इजाजत पाएका हकमा सबैभन्दा बढी दस्तुर लाग्ने सवारीको दस्तुर मात्र लाग्ने विभागले जनाएको छ ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...