नयाँ प्रविधि र आकर्षक डिजाइनका साथ २०२५ टीभीएस अपाचे आरटीआर ३१० लन्च

टीभीएस मोटर कम्पनीले आफ्नो लोकप्रिय नेकेड स्पोर्ट्स बाइक अपाचे आरटीआर ३१० को २०२५ संस्करण भारतीय बजारमा लन्च गरेको छ। २०२५ को टीभीएस अपाचे आरटीआर ३१० मा नयाँ पुस्ताका राइडरलाई ध्यानमा राखेर आधुनिक प्रविधि र डिजाइन प्रस्तुत गरिएको छ। सो बाइक ओबीडी२बी मानकअनुसार निर्माण गरिएको हो ।

नयाँ अपडेट गरिएको अपाचे आरटीआर ३१० को बेस भेरिएन्टको मूल्य २ लाख ३९ हजार ९९० भारुदेखि सुरु हुन्छ। यसको टप भेरिएन्टको मूल्य २ लाख ५७ हजार भारु राखिएको छ। साथै इच्छाअनुसार परिमार्जन गर्न मिल्ने बिल्ड टु अर्डर विकल्प पनि छ, जसको मूल्य २ लाख ७५ हजार भारुबाट सुरु हुन्छ।

सो बाइकमा थुप्रै नयाँ विशेषता समावेश गरिएको छ । यसमा ट्रान्सप्यारेन्ट क्लच कभर, किलेस स्टार्ट सिस्टम, ड्र्याग टर्क कन्ट्रोल, कर्नरिङ स्ट्याबिलिटीका लागि कर्नरिङ ड्र्याग टर्क कन्ट्रोल र लन्च कन्ट्रोलजस्ता फिचर समावेश छ ।

२०२५ को अपाचे आरटीआर ३१० मा नयाँ पुस्ताको डिजिटल यन्त्र जडान गरिएको छ । यसमा सिक्वेशियल टर्न सिग्नल ल्याम्प, यूएसडी फ्रन्ट सस्पेन्सन, ह्यान्ड गार्ड, नयाँ कलर अप्सन र आकर्षक ग्राफिक्स समावेश छ । यसको शीर्ष भेरिएन्टमा टीभीएस रेसिङको चिनारी सेपाङ निलो रेस रेप्लिका रङ प्रस्तुत गरिएको छ।

बाइकले ३५.६ पीएस पावर र २८.७ एनएमको टर्क उत्पादन गर्छ । आरटीआर ३१० सुरुवातदेखि नै लोकप्रिय बाइक हो र अबको संस्करणमा कम्पनीले नयाँ प्रविधि, डिजिटल सुविधा र आकर्षक डिजाइन थपेर आजका युवाको रोजाइ अनुसार तयार पारेको छ। सो मोटरसाइकल केवल स्टाइल र शक्तिमा मात्र नभई सुरक्षा र प्रविधिमा पनि अगाडि रहेको कम्पनीको दाबी छ।

सम्बन्धित समाचारहरू

सातै प्रदेशमा सप्तरङ–३ सांगीतिक कार्यक्रम हुने, टीभीएस रेडर मुख्य प्रायोजक

सातै प्रदेशमा सप्तरङ–३ सांगीतिक कार्यक्रम हुने, टीभीएस रेडर मुख्य प्रायोजक

काठमाडौं – सातै प्रदेशमा ‘टीभीएस रेडर सप्तरङ–३’ हुने भएको छ । सोमबार...

फुल ब्ल्याक कलरमा टीभीएस जुपिटरको नयाँ विशेष संस्करण लन्च

फुल ब्ल्याक कलरमा टीभीएस जुपिटरको नयाँ विशेष संस्करण लन्च

टीभीएसले आफ्नो लोकप्रिय र सर्वाधिक बिक्री हुने स्कुटर जुपिटर ११० को नयाँ...

यस्तो छ हालै नेपाल भित्रिएको टीभीएस रेडरका ६ विशेषता

यस्तो छ हालै नेपाल भित्रिएको टीभीएस रेडरका ६ विशेषता

नेपाली बजारमा शकर गु्रप अन्तर्गतको जगदम्बा मोटर्स प्रालिले युवा लक्ष्यित...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...