नयाँ अवतारमा लन्च भयो बजाज पल्सर २२०एफ

बजाजले लोकप्रिय बाइक बजाज पल्सर २२० एफको अपडेटेड संस्करण लन्च गरेको छ । २०२४ बजाज पल्सर २२० एफमा अब ब्लुटुथ कनेक्टिभिटी र टर्न बाई टर्न नेभिगेसन सपोर्ट गर्ने डिजिटल इन्स्ट्रयुमेन्ट क्लस्टरका साथै यूएसबी चार्जिङ सकेट पनि रहेको छ ।

नयाँ बाइकमा कुनै प्रकारको मेकानिकल परिवर्तन गरिएको छैन । हालको मोडल जस्तै अपडेट पल्सर २२० एफ २२० सीसी एयर÷आयल कुल्ड इन्जिनले सुसज्जित छ, जसले ८५०० आरपीएममा २०.११ बीएचपीको पावर र ७००० आरपीएममा १८.५५ एनएमको टर्क उत्पादन गर्छ । बाइकको इन्जिन ५ स्पिड गियरबक्ससँग जोडिएको छ ।

कम्पनीले बजाज पल्सर २५० एफ लन्चिङ पछि पल्सर २२० एफ बन्द गर्ने घोषणा गरेको थियो । तर बजाज पल्सर २२० एफमा कम्फर्टेबल सिटसहित लन्च गरिएको छ । साथै अपडेटेड बाइकको ह्याण्डललाई अलि अगाडि सारिएको छ । अपडेट पल्सर २२० एफको ह्विल बेस पनि लामो बनाएको छ । बजाज पल्सर कम्पनीको सबैभन्दा धेरै बिक्री हुने मोटरसाइकल हो ।

कम्पनीले सो बाइकको मूल्य १ लाख ४० हजार भारु तोकेको छ । यसको मूल्य हालको मोडलको तुलनामा २५ हजार भारु महँगो छ ।

नेपाली बजारमा पनि केही समय पछि यो बाइक उपलब्ध हुने अनुमान गर्न सकिन्छ ।

सम्बन्धित समाचारहरू

बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

बजाजले सार्वजनिक ग-यो पल्सर एफ२५० र एन२५०, यस्तो छ मूल्य र फिचर

भारतीय बजारमा बजाजले २५० सीसी पल्सर सिरिजका दुई मोटरसाइकल सार्वजनिक गरेको...

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

फुल चार्जमा १५३ किलोमिटरको रेन्ज र ३५ लिटर स्टोरेज क्षमता भएको बजाज चेतक ३५ सिरिज लन्च

बजाज अटोले भारतीय बजारमा आफ्नो लोकप्रिय इलेक्ट्रिक स्कुटरको नयाँ...

पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष पश्चात फेरि बढ्यो

पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष पश्चात फेरि बढ्यो

काठमाडौं – २०७७ सालमा पटक पटक बढेको बजाज बाइकको मूल्य नयाँ वर्ष २०७८ पश्चात...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...