बजाजको नयाँ एडभेन्चर बाइक परीक्षणको क्रममा देखियो
बजाजले नयाँ एडभेन्चर मोटरसाइकल विकास गरिरहेको छ। हालै कम्पनीले नयाँ...
धेरै पटक परीक्षण गरिरहेको समयमा देखिएको रोयल इन्फिल्ड हिमालयनको २०२१ मोडलको अफिसियल इमेज सार्वजनिक भएको छ । सो मोटरसाइकल केही दिनमा सार्वजनिक हुने बताइए पनि आधिकारिक जानकारी भने सार्वजनिक भएको छैन ।
रोयल इन्फिल्ड हिमालयन अन्य केही अपडेटका साथै तीन कलर अप्सनमा उपलब्ध हुने बताइएको छ । रोयल इन्फिल्डको एक मात्र एड्भेन्चर मोडलको सो बाइक अब ग्रेनाइट ब्ल्याक, मिराज सिल्भर र पाइन ग्रीन कलरमा समेत उपलब्ध हुनेछ । त्यसैगरी अब यी वाहेक ग्राभल ग्रे, लेक ब्लु र रक रेड कलर सेडमा मात्र सो बाइक उपलब्ध हुनेछ ।
रोयल इन्फिल्डको सो बाइकमा अलि अग्लो विन्डस्क्रिन छ भने यो टिन्टेड समेत छ । यो नयाँ विन्डस्क्रिनले राइडरको थकानलाई कम गर्ने विश्वास गरिएको छ ।
मोटरसाइकलको सिटमा अब ब्राउन सेडको प्रयोग गरिएको छ र यसमा हाई डेन्सिटी फोमको प्रयोग गरिएको छ । पछिल्लो भागमा पनि लगेजलाई अझै सहज तरिकाले राख्न मिल्ने बनाइएको छ ।
यद्यपि सबैभन्दा ठूलो परिवर्तन भनेको यसमा ट्रिपर नेभिगेसन सिस्टम हुनु हो । रोयल इन्फिल्डले यो प्रविधि मेटियर ३५० मोटरसाइकलमा समेत गरेको छ । हिमालयन जस्तो एड्भेन्चर मोडलको मोटरसाइकलका लागि यो एकदमै आवश्यक प्रविधि हो ।
मेकानिकल पक्षको कुरा गर्दा हिमालयनमा पहिले देखि नै भएको ४११ सीसीको इन्जिन यसमा हुनेछ, जसले २४.१ बीएचपी पावर र ३२ एनएम टर्क जेनेरेट गर्छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...