बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
बजाज पल्सर भारतमा लन्च भएको २० वर्ष पुरा भएको छ । बजाज पल्सर भारतमा सन् २००१ मा लन्च गरिएको थियो ।
बजाज पल्सर भारतमा लन्च गर्दा सो बाइक शुरुवाती स्पोर्टी बाइक मध्ये एक थियो । उक्त समयमा भारतमा कम मात्रामा स्पोर्टी बाइक थियो । बजाजले नेकेड स्ट्रिट कम्युटर स्टाइल बाइकको साथमा भारतमा प्रवेश गरेको हुँदा राम्रो फिडब्याक पाएको थियो । यसको मुख्य कारण बाइक मस्क्युलर, शार्प र सस्तो मूल्यको हुनु थियो ।
बजाजले २००१ मा पल्सर बाइक १५० सीसी डीटीएस–आई इन्जिन र ५ स्पिड गियरबक्सको साथमा लन्च गरेको थियो । सो बाइक लन्च गरेको २ वर्ष पछि हेडल्याम्प स्टाइल परिवर्तन गरिएको थियो । सन २००४ मा स्पोक ह्वील सेटअपको विकल्पको रुपमा अलोय ह्वील समावेश गरिएको थियो ।
बजाज पल्सरले सन् २००६ मा १० लाख युनिट बिक्रीको आँकडा पार गरेको थियो । सन् २००६ मा बजाज पल्सरलाई ब्ल्याक आउट अलोय, नयाँ हेडल्याम्पको साथै स्टाइलमा केही परितर्वन गरिएको थियो । सन् २००७ मा पल्सर २०० लन्च गरिएको थियो ।
बजाजले सन् २००९ मा पल्सर सिरिजको शाक्तिशाली एडिसन पल्सर २२०एफ लन्च गरेको थियो । हालसम्म बजाज पल्सर सिरिजले ३० लाख युनिट बिक्रीको आँकडा पार गरिसकेको छ । बजाज पल्सर १८० सीसीमा पनि उपलब्ध रहेको छ ।
कम्पनीले पल्सर १३५ एलएस सन् २००९ मा लन्च गरेको थियो । सो बाइक सन् २०१८ मा बन्द हुनु भन्दा ५–६ वर्षसम्म राम्रो बिक्री भएको थियो । त्यसपछि कम्पनीले २०१२ मा पल्सर एनएस२०० जस्तो दमदार बाइक लन्च गरेको थियो ।
बजाज पल्सर एनएस२०० मा २०० सीसीको इन्जिन जडान गरिएको छ । उक्त बाइक पनि बिक्रीको मामलामा निकै अगाडि थियो । हाल कम्पनीको यो बाइकले भारतमा २० वर्ष पुरा गरिसकेको छ । बजाजको पल्सर बाइक युवावर्गमा निकै लोकप्रिय साधन रहेको छ ।
नेपाली बजारमा पनि सर्बाधिक बिक्री हुने बाइकमा पल्सर सिरिज पर्छ । विशेष गरी युवावर्गले यो बाइकलाई निकै नै रुचाउने गरेका छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...