बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
यातायात व्यवसायीहरुले लामो दुरीमा सवारी साधन चलाउदा धेरै पैसा कमाउने चाहना हुनु अनौठो होइन । यसका लागि सवारी साधन आरामदायी र गुणस्तरीय एवं सुरक्षित हुनुका साथै स्पेसियस समेत हुनु आवश्यक छ ।
पहिले लामो दुरीको यात्राका लागि विभिन्न कम्पनीका १६ सिटे माइक्रोबस उपलब्ध भइरहेकोमा हालै फोटोनको १९ सिटे माइक्रोबस भ्यु सीएस२एल नेपाली बजारमा भित्रिएको छ । एउटै गाडीमा अन्य भन्दा ३ सिट बढी भएको र यसबाटै दैनिक तथा मासिक रुपमा थप पैसा कमाउन सकिने भए पछि यातायात व्यवसायीका बीचमा १९ सिटे माइक्रोबसले निकै नै चर्चा पाएको छ ।
नेपालमा एमएडब्ल्यु वृद्धि कमर्सियल भेइकल प्रालिले फोटोनका गाडी बिक्री–वितरण गरिरहेको छ ।
नेपालकै पहिलो १९ सिटर भ्यान
एमएडब्ल्यु वृद्धिले नेपालकै पहिलो र एक मात्र १९ सिट क्षमताको भ्यान उपलब्ध गराएको हो । यसमा लगाइएको विश्वमै सबैभन्दा विश्वास गरिएको २.८ लिटरको कमिन्स् इन्जिनले ३६०० आरपीएमा अधिकतम ११० किलोवाट पावर र ३००० आरपीएममा ३३० एनएम टर्क उत्पन्न गर्छ जुन प्रतिस्पर्धीमध्येकै सबैभन्दा बढी हो ।
भ्यु सीएस२एलमा ड्युअल एअरब्याग, ईबीडीसहितको एबीएस, फोल्डेबल सिट, क्यामेरसहितको रिभर्स सेन्सर, सेन्ट्रल लकिङ र चाइल्ड सेफ्टी लक, सिट बेल्ट वार्निङ, फ्रन्ट फग ल्याम्प, डे रनिङ लाइट जस्ता क्लासकै सबैभन्दा बढी फिचरहरु छन् । नयाँ भ्यु सीएसमा पावर स्टेयरिङ, पावर विन्डो, एअर कन्डिसनर फ्रन्ट र रियर पनि उपलब्ध छ । नेपाली बजारका लागि भ्यु सीएस२एलको मूल्य ७२ लाख रुपैयाँ कायम गरिएको छ ।
‘हाम्रो नयाँ भ्यानको मूल्य प्रतिस्पर्धी १६ सिट क्षमताको भ्यानको भन्दा कम भए पनि यसले दुई गुणासम्म बढी आम्दानी दिन्छ,’ फोटोन नेपालका चिफ सेल्स एन्ड मार्केटिङ म्यानेजर नविन आचार्यले भने, ‘नेपाली बजारका लागि हामीसँग टुनल्यान्ड एस र भ्यु सीएस२ मात्र थिए । नयाँ पिक र भ्यानले कमर्सियल भेइकलको मागलाई सम्बोधन गर्ने अपेक्षा गरेका छौं । हामीलाई विश्वास छ विश्वसनीय र सस्तो भ्यु सीएस२एलले हालको १६ सिट क्षमताको बजारलाई १९ सिट क्षमताको भ्यानमा परिणत गर्नेछ ।’
आर्थिक फाइदा
अन्य प्रतिस्पर्धिहरुको माइक्रोबस भन्दा फोटोनको १९ सिटे माइक्रोबसमा ३ सिट बढी छ । यसले गर्दा लामो दुरीको यात्रामा ३ जना यात्रु बढी चढाउन पाइन्छ । यसबाट मासिक रुपमा करिव ७५ हजार रुपैयाँ बढी फाइदा हुन्छ । ५ वर्ष सम्म चलाए पछि यसबाट अन्य गाडी भन्दा करिव ४० लाख रुपैयाँ बढी कमाई हुन्छ ।
त्यसैगरी अन्य गाडी भन्दा दुई चार लाख रुपैयाँ कम मूल्यमै फोटोनको माइक्रोबस उपलब्ध हुने भएकाले त्यता पनि फाइदा हुन्छ । यो अवस्थामा केही बढी मूल्य तिरेर अहिले अन्य ब्रान्डका गाडी किन्नु भन्दा फोटोनको माइक्रोबस किन्नु फाइदा हुने आचार्यको दावी छ ।
५ वर्ष वारेन्टी
फोटोनको माइक्रोबसका लागि कम्पनीले ५ वर्षको वारेन्टी उपलब्ध गराएको छ । यसले गर्दा ५ वर्ष सम्म ढुक्कका साथ चलाउन सकिन्छ । इन्जिन, गियरबक्स आदि बिग्रेको समयमा एक पटकमा करिव १ लाख रुपैयाँ सम्म खर्च हुने गरेको सन्दर्भमा वारेन्टी पिरियड धेरै भएकाले खर्चको झन्झट हुँदैन ।
वैकल्पिक सवारी बन्दै
फोटोनको १९ सिटे भ्यान लामो दुरीको यात्राका लागि वैकल्पिक सवारी साधन बनेको छ । लामो दुरीको यात्राका लागि अन्य कम्पनीका माइक्रोबस समेत प्रचलित भएको अवस्थामा फोटोनको यो माइक्रोबसले समेत एउटा नयाँ सम्भावना देखाएको छ । हालै काठमाडौं देखि धनगढी सम्मको लामो दुरीमा चलाउनका लागि सो माइक्रोबस तयारी अवस्थामा छ ।
त्यसैगरी सो माइक्रोबस काठमाडौं देखि दिक्तेल र राजविराज सम्म चलिरहेको छ । आफूहरुले व्यवसायीको माग अनुसार गाडी उपलब्ध गराउन नसकेको आचार्यले बताए । यी वाहेक धनगढी–नेपालगन्ज, नेपालगन्ज–दाङ, नेपालगन्ज–सुर्खेत आदि रुटमा यो गाडी चलिरहेको छ ।
आगामी दिनमा काकडभिट्टा देखि ताप्लेजुङ र इलाम सम्म चलाउने तयारी भइरहेको छ । यी वाहेक अन्य विभिन्न रुटमा समेत यी गाडी चलाउनका लागि आवश्यक तयारी भइरहेको उनले बताए ।
कम्पनीको पहलमा आर्थिक सहयोग
यातायात व्यवसायीहरुलाई आफ्नो आवश्यकता अनुसारको सवारी साधन किन्नका लागि आर्थिक अभाव हुन सक्छ । उनीहरुले यसका लागि विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट आर्थिक सहयोग लिनु पर्ने हुन्छ । यसका लागि समेत कम्पनीको तर्फबाट पलह गरीदिने र व्यवसायीहरुलाई आवश्यक सुझाव दिने गरेको आचार्यले बताए ।
डाउन पेमेन्टको रुपमा केही रकम उपलब्ध गराए पश्चात बाँकी रकम बैंक वा फाइनान्सबाट उपलब्ध हुने र किस्ताको रुपमा बुझाउदै जान सकिन्छ । बैंकहरुले ७० देखि ८० प्रतिशत सम्म रकम फाइनान्सका लागि उपलब्ध गराउने र यसका लागि एमएडब्ल्युले कामना सेवा, गरिमा विकास आदि बैंक सम्म समझदारी गरेको छ ।
भावी योजना
नेपालको जुन स्थानमा पुगे पनि त्यही स्थानमा सर्भिस उपलब्ध गराउने कम्पनीको योजना छ । हाल २ वटा आफ्नै सर्भिस सेन्टर र ११ वटा आधिकारिक सर्भिस सेन्टर छन् । तर आगामी दिनमा देशका विभिन्न स्थानीय मेकानिक्सहरुलाई समेत सर्टिफाइड मेकानिक्सको दर्जा दिने र उनीहरुमार्फत सेवा उपलब्ध गराउने समेत योजना छ ।
फोटोन कम्पनीबाटै करिव एक महिनाको तालिम लिएका मेकानिक्सहरु नेपालमा उपलब्ध छन् । उनीहरुले नै सबै मेकानिक्सहरुलाई तालिम दिने छन् ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...