स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा
काठमाडौं – काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने...
काठमाडौं – अब १५० सीसी सम्मका मोटरसाइकल समेत आयात गर्न नपाइने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयात प्रतिबन्धलाई थप कडाई गर्दै १५० सीसी माथिका मोटरसाइकल आयातमा समेत प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयले राजपत्रमा एक सूचना प्रकाशित गर्दै आगामी भदौ १४ गतेसम्मको लागि प्रतिबन्ध लगाएको हो । यस अघि बैशाख १४ गतेदेखि लगाइएको प्रतिबन्ध असार मसान्तसम्म तोकिएको थियो ।
यो भन्दा पहिले २५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएकोमा अब १५० सीसी माथिका मोटरसाइकल तथा स्कुटर आयातमा प्रतिबन्ध लगाइएको हो । त्यसैगरी जिप, कार, भ्यान लगायतका सवारी साधन आयातमा लगाइएको प्रतिबन्धलाई समेत निरन्तरता दिइएको छ ।
अटोमोबाइल व्यवसायीहरुले प्रतिबन्ध हट्ने आशा गरेका थिए । उनीहरुले यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य विभिन्न सरोकारवाला पक्षसँग यसका वारेमा माग गर्दै आएका थिए ।
सवारी साधनका साथै अन्य विभिन्न वस्तुमा लगाइएको प्रतिबन्धलाई निरन्तरता दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...