ठूला टच स्क्रिनले बढाउँदै ड्राइभिङ जोखिम, भौतिक बटनको आवश्यकता फेरि उठ्यो
आजका आधुनिक कारमा ठूला टच स्क्रिनलाई प्रिमियम सुविधाको रुपमा मानिन्छ।...
चेरी ग्रुपले १ करोड ५० लाख सवारी साधन उत्पादनको महत्वपूर्ण माइलस्टोन हासिल गरेको छ । कम्पनीले इजिप्ट, ब्राजिल, कजाकस्तान र मलेसिया गरी चार देशमा यी कार क्रमशः सार्वजनिक गरेको छ ।
चीनको वुहुस्थित चेरीको गृहनगरमा यस सम्बन्धी विशेष समारोह आयोजना गरियो । चेरी ग्रुपका अध्यक्ष यिन टोङयुले १ करोड ५० लाख माइलस्टोन एक संख्या मात्र नभई यसले चेरीले असम्भवलाई वास्ताविकता र वास्तविकतालाई अझै ठूलो सम्भाव्यतामा परिणत गर्ने एक नवप्रवर्तन भएको बताए ।
ग्लोबल रुपमा मनाइएको सो इभेन्टमा चेरीको ब्राजिलस्थित म्यानुफ्याक्चरिङ फ्यासिलिटीमा उत्पादन गरिएको चेरी टिग्गो ८ प्रो गाडी सार्वजनिक गरियो । सो थ्री रो एसयूभीलाई ब्राजिल, दक्षिण अफ्रिका, साउदी अरब र इक्वेडोरमा निकै नै रुचाइने गरिएको छ ।
विश्वव्यापी रुपमा टिग्गो ८ सिरिजको बिक्री १० लाख युनिट भन्दा बढी पुगेको छ । सो गाडीले दक्षिण अफ्रिाकाको २०२३ मोटर इन्थुजियास्ट्स च्वाइस अवार्ड, मेक्सिकोको टप मिडसाइज एसयूभी र हालै १९औं वार्षिक सी अवार्ड्समा फिलिपिन्सको बेस्ट मिडसाइज क्रसओभर लगायतका प्रतिष्ठित पुरस्कार समेत पाएको छ ।

चेरीले सबैभन्दा पहिलो गाडी सन् १९९९ डिसेम्बर १८ मा सार्वजनिक गरेको थियो । त्यसपछि कम्पनीले लगातार २१ वर्ष सम्म चीनको सबैभन्दा ठूलो कार निर्यातक कम्पनीको रुपमा आफ्नो स्थान कायम गरेको छ । विश्वका १०० भन्दा बढी देश र अन्य क्षेत्रमा यसको व्यवसाय विस्तार भएको छ । नेपालमा समेत चेरी टिग्गो ८ प्रो लगायतका विभिन्न मोडल उपलब्ध छन् ।
यो वर्षको जनवरी देखि सेप्टेम्बर सम्मको अवधिमा चेरीले १७ लाख ५२ हजार ७९३ युनिट गाडी बिक्री गरेको छ भने ८ लाख २९ हजार ३५३ युनिट निर्यात गरेको छ । यो निर्यात भनेको पुरै बिक्रीको करिव ५० प्रतिशत हो ।
आजका आधुनिक कारमा ठूला टच स्क्रिनलाई प्रिमियम सुविधाको रुपमा मानिन्छ।...
हिउँदमा कम भिजिबिलिटी कुहिरो, हिउँ पर्ने अवस्था र चिप्लो सडकको कारण हिउँमा...
काठमाडौँ – दक्षिण कोरियासँग नेपालमा मोनोरेल स्थापनाको लागि सम्झौता भएको...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...