१२५ सीसीमा टीभीएस, होन्डा र यामाहा स्कुटरबीच प्रतिस्पर्धा, यस्तो छ मूल्य र फिचर्स

स्कुटर बजारमा पछिल्लो समय १२५ सीसी सेग्मेन्टको माग अत्याधिक मात्रामा वृद्धि भैरहेको छ । बिगत २ बर्ष अघिसम्म ११० सीसी सेग्मेन्टको माग बढी रहेकोमा त्यसयता पावरफुल सेग्मेन्टमा पर्ने १२५ सीसीको माग बढ्न थालेको हो । उत्पादक कम्पनीहरुले समेत १२५ सीसीीमै बढी जोड दिन थालेका कारण बजारमा यो सेग्मेन्टको माग बढ्दै गएको अनुमान लगाउन सकिन्छ ।

हाल यो सेग्मेन्टमा प्रायः सबैजसो ब्रान्डका स्कुटर उपलब्ध रहेपनि बजारमा चर्चा भने टीभीएस एनटर्क, होन्डा ग्राजिया र यामाहा रे जीआरको बढी छ । सर्बाधिक बिक्री हुने टप थ्री स्कुटरमा समेत यी स्कुटर समाबेश छन् । त्यसो त बजारमा यो सेग्मेन्ट अन्तर्गत हिरो, सुजुकी, अप्रिलिया र भेस्पा लगायत ब्रान्डका स्कुटरको समेत कारोबार हुँदै आइरहेको छ ।

टीभीएस एनटर्क
१२५ सीसी सेग्मेन्टमा मात्र नभई स्कुटर सेग्मेन्टमै सर्बाधिक बिक्री हुने मोडल हो टीभीएस एनटर्क । आकर्षक लुक्स, उच्चतम पावर, नवीनतम फिचर्स र बलियो तथा टिकाउ पार्टपूर्जाका कारण टीभीएस एनटर्क सर्बाधिक रुचाइएको मोडलमा पर्न सफल मानिन्छ । यो स्कुटरलाई नेपालमा जगदम्बा मोटर्सले आयात गरी कारोबार गर्दै आइरहेको छ ।

टीभीएसको कुल बिक्रीमा ठूलो योगदान दिन सफल एनटर्क स्कुटर राइडरको पहिलो प्राथमिकतामा पर्न थालेको छ । एनटर्क नेपाल आउनुअघि उक्त प्राथमिकतामा होन्डा डिओ रहन सफल थियो । तर पछिल्लो समय एनटर्कले डिओलाई पछि पार्दै स्कुटर पारखीको मन जित्न सफल भएको छ ।

एनटर्कको सबल पक्ष भनेको यसको आकर्षक लुक्स तथा डिजाइन हो । यो रेगुलर, रेस र स्क्वाड एडिसनमा उपलब्ध छ । यो स्कुटरको अधिकतम पावर ९.३८ पिएस र टर्क १०.५ एनएम रहेको छ । प्रतिलिटर इन्धन खपतमा ५६ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । यो स्कुटरमा स्मार्ट कनेक्टेड फिचर्स, एलइडी डिआरएल र एलइडी हेडलाइट जस्ता फिचर्स उपलब्ध गराइएको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा २ लाख १६ हजारदेखि २ लाख ७८ हजार रुपैयाँसम्म पर्छ ।

होन्डा ग्राजिया
टीभीएस एनटर्कपछि सर्बाधिक बिक्री हुने स्कुटरमा पर्छ होन्डा ग्राजिया । आकर्षक लुक्स, उच्चतम पावर तथा पर्फमेन्स र माइलेजका कारण ग्राजिया स्कुटर पारखीको रोजाइमा परेको हो । यो स्कुटरलाई स्याकार ट्रेडिङ कम्पनीले आयात गरी कारोबार गर्दै आइरहेको छ ।

ग्राजियामा होन्डाले विकास गरेको होन्डा इको टेक्नोलोजी प्रयोग भएको छ । यो स्कुटरको अधिकतम पावर ८.५२ बिएचपी र टर्क १०.५४ एनएम रहेको छ । त्यसैगरी यसले प्रतिलिटर इन्धन खपतमा ५४ किलोमिटर माइलेज दिने दाबी गरिएको छ । एलईडी हेडल्याम्प, मोबाइलफोन लगायत ग्याजेट चार्ज गर्नमिल्ने चार्जिङ पोर्ट र सिटमुनी १८ लिटर क्षमताको स्टोरेजजस्ता फिचर्स दिइएको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा २ लाख २५ हजारदेखि २ लाख ४८ हजार रुपैयाँसम्म कायम गरिएको छ ।

यामाहा रे जीआर
यो सेग्मेन्टमा पछिल्लो समय चर्चा बटुल्दै गएको स्कुटर हो यामाहा रे जीआर स्ट्रिट ¥याली । १२५ सीसी सेग्मेन्टमा टीभीएस एनटर्क र होन्डा ग्राजियापछि सर्बाधिक बिक्री हुने स्कुटरका रुपमा समेत यसले पहिचान बनाएको छ ।

फ्यूल इन्जेक्सन भनिने एफआई प्रविधि भएको यो नेपालमा उपलब्ध एकमात्र स्कुटर हो । यो स्कुटरलाई नेपाली बजारमा एमएडब्लु इन्टरप्राइजेजले आयात गरी कारोबार गर्दै आइरहेको छ । एफआई इन्जिनका कारण माइलेज बढ्ने र पावर तथा पर्फमेन्स समेत उत्कृष्ट रहने बताइएको छ ।

यो स्कुटरमा एलइडी हेडलाइट, ब्रस गार्ड, एलइडी टेललाइट, ब्लुटुथ कनेक्टीभिटी र हाइब्रिड इन्जिन उपलब्ध गराइएको छ । कम्पनीका अनुसार यसले सेग्मेन्टमै सर्बाधिक ५८ किलोमिटर प्रतिलिटर माइलेज दिन्छ । यो स्कुटरको लुक्स समेत बजारमा उपलब्ध अन्य स्कुटरको तुलनमा पृथक खालको छ । जसलाई कम्पनीले मोटरसाइकलबाट प्रेरित डिजाइन भनेको छ । यो स्कुटरको मूल्य नेपाली बजारमा २ लाख ६२ हजार रुपैयाँ कायम गरिएको छ ।

सम्बन्धित समाचारहरू

एक्सचेन्ज सुबिधा सहित मासिक ६ हजार किस्तामा टिभिएस मोटरसाइकल

एक्सचेन्ज सुबिधा सहित मासिक ६ हजार किस्तामा टिभिएस मोटरसाइकल

टिभिएस मोटर्सको नेपालका लागि आधिकारिक बितरक जगदम्बा मोटर्सले मासिक...

भ्यालेन्टाइन डे : बाइक र स्कुटर किन्दा यस्तो छ छुटको व्यवस्था

भ्यालेन्टाइन डे : बाइक र स्कुटर किन्दा यस्तो छ छुटको व्यवस्था

काठमाडौं – आज फेब्रुअरी १४ अर्थात भ्यालेन्टाइन डे । प्रेमी प्रेमिकाहरुका...

टीभीएस आईक्युबको ग्रिन रेभोलुसन राइड सम्पन्न, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

टीभीएस आईक्युबको ग्रिन रेभोलुसन राइड सम्पन्न, ४ महिनामा गुड्यो १ लाख किलोमिटर

काठमाडौँ – नेपालको लागि टीभीएस मोटरको एक मात्र आधिकारिक वितरक जगदम्बा...

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...