लद्दाखमा परीक्षणका क्रममा देखियो रोयल इनफिल्ड हिमालयन ईभी, कठिन भूगोलमा भइरहेको परीक्षण
प्रिमियम मोटरसाइकल निर्माता रोयल इनफिल्डले विद्युतीय एडभेन्चर...
रोयल इनफिल्डले नेपाल ल्याएको नयाँ एड्भेन्चर मोटरसाइकल ‘हिमालयन ४५०’ एकैपटक १२ युनिट डेलिभरी गरिएको छ ।
नक्सालस्थित शोरुममा पञ्चेबाजा सहित एक विशेष कार्यक्रम आयोजना गरी आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्स प्रालिले किङफिसर एड्भेन्चर प्रालिलाई मोटरसाइकल हन्तान्तरण गरेको हो । हिमालयन ४५० को मूल्य नेपाली बजारमा ९ लाख ८९ हजार ५०० देखी १० लाख ३९ हजार ५०० रुपैयाँसम्म पर्छ ।
नेपाल आएको छोटो समयमै लोकप्रिय बन्न सफल हिमालयन ४५० विशेषगरी, युवा राइडरमाझ लोकप्रिय बनिरहेको छ । यो मोटरसाइकल हालसम्म २०० बढि यूनिट बिक्री भैसकेको छ । एड्भेन्चर राइडका लागि उपयोगी हुनेगरी यसको डिजाइन गरिएको छ भने आरामदायी यात्राका लागि सहज हुनेगरी सस्पेन्सन सेटअप जडान गरिएको छ ।
हिमालयन ४५० मा ४५२ सिसी क्षमताको नयाँ शेर्पा इन्जिन राखिएको छ । जसको अधिकमत पावर ४० पिएस र टर्क पनि ४० एनएम नै छ । यस बाइकमा डुअल च्यानल स्विचेवल एबिएस, राइड वाई वायर थ्रोटल, स्लिप एसिस्ट क्लच, ४ इन्चको गोलाकार टिएफटी स्क्रिन र १७ लिटर इन्धन अट्ने फ्यूल ट्याङ्कि पाउन सकिन्छ । अफरोड यात्राका लागी सहज होस भनेर यसमा २३० एमएमको उच्च ग्राउन्ड क्लिरियन्स दिइएको छ ।
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...