रोयल इनफिल्ड हन्टर ३५० को नयाँ संस्करण सार्बजनिक, मूल्य कति ?
रोयल इनफिल्डले आफ्नो सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० को २०२५ संस्करण...
रोयल इनफिल्डले नेपाल ल्याएको नयाँ एड्भेन्चर मोटरसाइकल ‘हिमालयन ४५०’ एकैपटक १२ युनिट डेलिभरी गरिएको छ ।
नक्सालस्थित शोरुममा पञ्चेबाजा सहित एक विशेष कार्यक्रम आयोजना गरी आधिकारिक विक्रेता अल्फा अटोमोटिभ्स प्रालिले किङफिसर एड्भेन्चर प्रालिलाई मोटरसाइकल हन्तान्तरण गरेको हो । हिमालयन ४५० को मूल्य नेपाली बजारमा ९ लाख ८९ हजार ५०० देखी १० लाख ३९ हजार ५०० रुपैयाँसम्म पर्छ ।
नेपाल आएको छोटो समयमै लोकप्रिय बन्न सफल हिमालयन ४५० विशेषगरी, युवा राइडरमाझ लोकप्रिय बनिरहेको छ । यो मोटरसाइकल हालसम्म २०० बढि यूनिट बिक्री भैसकेको छ । एड्भेन्चर राइडका लागि उपयोगी हुनेगरी यसको डिजाइन गरिएको छ भने आरामदायी यात्राका लागि सहज हुनेगरी सस्पेन्सन सेटअप जडान गरिएको छ ।
हिमालयन ४५० मा ४५२ सिसी क्षमताको नयाँ शेर्पा इन्जिन राखिएको छ । जसको अधिकमत पावर ४० पिएस र टर्क पनि ४० एनएम नै छ । यस बाइकमा डुअल च्यानल स्विचेवल एबिएस, राइड वाई वायर थ्रोटल, स्लिप एसिस्ट क्लच, ४ इन्चको गोलाकार टिएफटी स्क्रिन र १७ लिटर इन्धन अट्ने फ्यूल ट्याङ्कि पाउन सकिन्छ । अफरोड यात्राका लागी सहज होस भनेर यसमा २३० एमएमको उच्च ग्राउन्ड क्लिरियन्स दिइएको छ ।
रोयल इनफिल्डले आफ्नो सबैभन्दा सस्तो मोटरसाइकल हन्टर ३५० को २०२५ संस्करण...
काठमाडौं–रोयल इन्फिल्डले आफ्नो नयाँ रोडस्टार बाइक गुरिल्ला ४५० लन्च...
काठमाडौं– मोटरसाइकलमा साहसिक यात्रा गर्न रुचाउने राइडरहरुको समुह आगामी...
दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...
हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...
काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...