३२ सालदेखि गाडी चढेका र ७ गाडी फेरिसकेका कलाकार किरण केसीलाई दर्जन प्रश्न

नेपाली चलचित्र क्षेत्रका चर्चित हास्य कलाकार हुन्–किरण केसी । थुपैं्र चलचित्र र टेलिसिरियलमा अभिनय गरेका केसीको गाडीप्रतिको प्रेम पनि उत्तिकै छ । २०३२ सालबाट निजी कारमा सयर गर्न थालेका केसीले अहिलेसम्म ७ वटा गाडी फेरिसकेका छन् । यतिबेला उनसँग महिन्द्राको स्कर्पियो र टोयोटाको प्राडो गाडी छ । यिनै विषयमा केन्द्रीत रहेर नेपाल अटोले उनीसँग गरेको अटो वार्ता ः

अहिले कुन गाडी चढिरहनुभएको छ ?
अहिले म सँग दुईवटा गाडी छन् । टोयोटाको प्राडो र महिन्द्राको स्कर्पियो ।

तपाईँ त गाडीको एकदमै सौखिन मान्छे, अहिलेसम्म कतिवटा गाडी चढ्नुभयो ?
मैले २०३२ सालमा पहिलोपटक कार किनेको हुँ । त्यसयता ७ वटा गाडी फेरिसकेको छु । त्यतिबेला टोयोटाको कोरोला गाडी १ लाख २५ हजार रुपैयाँमा किनेको थिएँ । त्यो गाडी मैले १४ वर्ष चढेँ । त्यो गाडीलाई मैले २ पटक रङ परिवर्तन गरिदिएँ । १४ वर्ष चढेर त्यसलाई ४ लाख १५ हजारमा बेचेंँ । त्यसपछि मैले फेरि टोयोटाकै क्याम्री, टोयोटाको कोरोना, हुन्डाईको गेज आदि चढेँ । अहिले स्कर्पियो र प्राडो चढिरहेको छु ।

स्कर्पियो र प्राडोमा कुन चाहिँ बढी प्रयोग गर्नुहुन्छ ?
लामो यात्रा गर्नुपर्दा प्राडो चढ्छु । काठमाडौं भ्यालीमा स्कर्पियो प्रयोग गर्छु ।

कहिले किन्नुभएको हो ?
स्कर्पियो किनेको त ४ वर्ष भयो । ६ महिना अघि प्राडो किनेँ ।

कतिमा किन्नुभएको हो ?
स्कर्पियो ४६ लाखमा किनेको हुँ । प्राडो चाहिँ सेकेन्ड ह्याण्डको हो त्यसैले १ करोड १० लाख रुपैयाँ प¥यो ।

कार चढेर यात्रा गर्न सहरी क्षेत्रमा कत्तिको कठिन छ ?
पहिलेको भन्दा अहिले बाटो अलि फराकिलो भएका छन् । तर, हामीले तिरेको कर अनुसारको सरकारले सडक सुविधा दिएको छैन । जताततै अनियन्त्रित, भद्रगोल छ । त्यसैले सडक फराकिलो मात्र भएर भएन यसलाई सिस्टममा ल्याउन सक्नुपर्छ ।

आफैं ड्राइभिङ गर्नुहुन्छ कि ?
म आफैं गर्छु ।

ड्राइभिङ कसरी सिक्नुभयो ?
आफैं सिकारु आफैं गुरु भएर गाडी सिकेको हुँ । मलाई गाडीको रहर लाग्यो त्यसपछि २०३२ सालमै गाडी किनेर त्यही गाडी सिकेँ ।

अहिलेसम्म सबैभन्दा लामो ड्राइभिङ कहाँसम्मको गर्नुभएको छ ?
पूर्वमा काकडभिट्टा, पश्चिममा अछामकोट, दक्षिणमा वीरगन्ज, उत्तरमा त्रिशुलीसम्म यात्रा गरेको छु ।

अहिलेसम्म चढेकामध्ये तपाईँलाई मन परेको गाडी कुन हो ?
मैले अहिलेसम्म ७ वटा गाडी चढेँ । त्यो मध्ये मलाई प्राडो नै मन पर्यो । यो लक्जरियस छ । यसमा ८, ९ वटा एयरब्याग छ, पावर पनि उस्तै छ । त्यसैले यो मनपर्यो तर कारमा भने टोयोटाको क्याम्री मनपर्छ ।

अहिलेसम्म ट्राफिक कारवाहीमा पर्नुभएको छ कि छैन ?
मोटरसाइकलमा त ८, ९ पटक नै ट्राफिकको कारवाहीमा परेको छु । तर गाडीमा २ पटकभन्दा बढी परेको छैन ।

 

लोकप्रिय

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

बाइक रोक्दा पहिले क्लच थिच्ने कि ब्रेक ? ९० प्रतिशतलाई छैन यसको जानकारी

दैनिक जीवनमा आवतजावत गर्न बाइकको प्रयोग आवश्यक भइसकेको छ । बाइकमा यात्रा...

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

बाइक वा कारको कर कहिले तिर्ने र जरिवाना कति ? ब्लुबुकमा हेर्नुस् यसरी

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा...

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

बजेट प्रभाव : हुन्डाईले घटायो एउटै इलेक्ट्रिक गाडीमा २३ लाख मूल्य

काठमाडौं – सरकारले हालै प्रस्तुत गरेको बजेटमार्फत इलेक्ट्रिक गाडीमा कर...